ghar sansar

सुदूरपश्चिम सरकार : मामाको धन, फुपुको श्राद्ध

dirghayu ad

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सभाका सदस्यका लागि साढे ३१ लाख रुपियाँ बढी खर्चेर ल्यापटप खरिद गर्न लागेको छ । प्रदेश सभा सचिवालयले ४३ जना प्रदेश सभा सदस्यका लागि नयाँ ल्यापटप गरिद गर्न लागेको हो ।

प्रदेश सभा सदस्यको कामकारबाहीलाई सहज र प्रविधिमैत्री बनाउनका लागि प्रदेश सभा सचिवालयले नयाँ दिने जनाइएको छ । प्रदेश सभा सचिवालयले लेनेभोको आई–५ एसेसोरिज भएको ४३ थान ल्यापटप खरिदका लागि फर्मसमेत छनोट गरिसकेको छ ।

ratnam malkhad

ल्यापटप खरिदका लागि माघ १५ गते बोलपत्र आह्वान गरेको थियो । आठ बोलपत्र दर्ता भएकोमा सबैभन्दा कम अङ्क कबोल गर्ने धनगढीकै उग्रतारा ट्रेडिङ एण्ड सप्लायर्सको बोलपत्र छनोट भएको छ । सो फर्मले ३१ लाख ८२ हजार ६४५ रुपियाँ (मूल्य अभिवृद्धि करसहित) मा ४३ थान ल्यापटप उपलब्ध गराउने कबोल गरेको छ ।

बोलपत्र छनोट भइसकेकाले अब चाँडै नै ल्यापटप खरिद हुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए। सुदूरपश्चिम प्रदेश सभामा ५३ जना प्रदेश सभा सदस्य रहेकोमा १० जना सरकारमा छन् । मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्रीबाहेकका प्रदेश सभा सदस्यका लागि प्रदेश सभा सचिवालयले नयाँ ल्यापटप खरिद गर्न लागेको हो ।

यसअघि, अघिल्लो प्रदेश सभाका सदस्यलाई पनि ल्यापटप दिइएको थियो । प्रदेश सभा सचिवालयले आई–३ एसेसोरिज भएको लेनेभोकै ४६ थान ल्यापटप खरिद गरेर आफ्ना सदस्यलाई दिएको थियो ।

सो ल्यापटप पुरानो भएको र धेरैजसो नचल्ने बनेका जनाइएको छ। यसैगरी, कतिपय प्रदेश सभा सदस्यले ल्यापटप फिर्ता नगरेका जनाइएको छ । पाँच वर्षे कार्यकाल सकिएपछि धेरैजसोले प्रदेश सभालाई नै ल्यापटप फिर्ता गरे पनि १२ जनाले अहिलेसम्म ल्यापटप फिर्ता नगरेको जैसीले बताए ।

पुरानो ल्यापटपको कतिपयको डिसप्ले गएका जनाइएको छ। केही नचल्ने भएका छन्। चलेकाहरू पनि ढिलो चल्ने गरेको बताइएको छ ।

साभार :  दिनेश खबर

Himal dental
सम्बन्धित
Loading...