
महेन्द्रनगर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाको आयोजनामा अभिकर्ता पुनर्ताजगी कार्यक्रम गरिएको छ ।
७० भन्दा बढी अभिकर्ता कार्यक्रममा सहभागी भए । ज्येष्ठ अभिकर्ता एवम् पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक नेशनल लाईफ महेन्द्रनगर शाखाका अध्यक्ष डम्बर बहादुर बिष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख नविन किशोर भट्ट प्रमुख अतिथि थिए ।

कार्यक्रममा कम्पनीका महेन्द्रनगर शाखाका शाखा प्रमुख अमर सिह धामीले स्वागत मन्तव्य राखे । पेशागत अभिकर्ता संघ नेपाल सुदूरपश्चिम प्रदेश सचिव धनसिह ठगुन्नाले बीमा नीति(पोलिसी) र पेशागत हकहितका बारेमा प्रकाश पारे ।
अभिकर्ता पुनर्ताजगी कार्यक्रमको संचालन नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दले गरेका थिए ।
