
स्ववियु निर्वाचन प्रक्रियाको विरोध गर्दै एकीकृत समाजवादी र विप्लवका विद्यार्थीले लगाए केन्द्रीय क्याम्पसमा तालाबन्दी
छलफलमा समाधान आग्रहका लागि निर्वाचन समितिको आग्रह

तुलसी चन्द
महेन्द्रनगर । नेकपा एकीकृत समाजवादी सम्बद्ध अखिल (समाजवादी) र विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध अखिल (समाजवादी ) ले सुदूरपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव प्रक्रियामा बिरोध गर्दै केन्द्रीय क्याम्पसमातालाबन्दी गरेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रियामा विवादको बिषय बनिरहेको छ । समाजवादि विद्यार्थी सङगठन र अखिल समाजवादी विद्यार्थी सङगठनले विज्ञप्ति जारि गर्दै क्याम्पस प्रशासन र स्ववियु निर्वाचन समितिको चुनाव प्रक्रियामा विरोध गरेका छन् ।

विद्यार्थी सङगठनका अनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले केही संगठनसंग मिलेर चुनाव प्रक्रिया अगाडि बढाउने योजना बनाएको आरोप लगाएका छन् । त्यसले निर्वाचन निष्पक्ष र पारदर्शी हुन नसक्ने उनीहरुको आशंका छन् ।
समाजवादी र अखिल समाजवादी सङगठनहरु मिलेर तत्कालको निम्ति चुनाव प्रक्रिया स्थगित गर्न माग गरेको छ । यस विषयमा विद्यार्थीहरुको विश्वासको पुन निर्माणका लागि छलफल माग गरेका छन ।
क्याम्पसमा प्रशासन र निर्वाचन समितिका गतिविधिहरुको विरोध गर्दै तालाबन्दी गरेका छन्। चुनाव निष्पक्ष र पारदर्शी हुनु पर्ने माग गर्दैै ताला लगाइएको छ।
यसैबीच केन्द्रीय क्याम्पस निर्वाचन समितिले तालाबन्दी समस्या समाधान गरी निर्वाचन प्रक्रिया अघि बढाउन छलफलका लागि आग्रह गरेका छन् । निर्वाचन समितिका कर्णदेब भट्टले सामाजिक सञ्जाल फेसबुकबाट उक्त आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया चलिरहेको अवस्थामा आज बेलुका भएको तालाबन्दीले आश्चर्यचकित र दुखित बनाएको छ। मेरो एक मात्र उद्देश्य स्ववियु भन्ने संस्था स्थापित गरौउ भन्ने हो। निर्वाचन समितिलाई लगाएको आरोप गलत हो ? यदि प्रमाणित गर्नुहुन्छ भने सम्बन्धितलाई व्यक्ति लाई समितिबाट हटाईन्छ। मेरो व्यक्तिगत संग्लनता प्रमाण सहित देखाउनु हुन्छ भने म समितिबाट मात्र हैन विश्वविद्यालयको जागिरबाटै राजिनामा दिने छु। विद्यार्थीलाई हक अधिकारको संस्था स्थापित गर्न सबै ईमानदार बनौउ। साथै आज तालाबन्दी गर्ने मित्रहरूलाई भोलि बिहान छिट्टै बसेर समस्या समाधानका लागि बसेर स्ववियु भन्ने संस्था स्थापित गर्न दत्त चित्तका साथ हातेमालो गर्दै संगै अगाडी बढन हार्दिक अपिल र अनुरोध गर्दछु ।
(प्रशिक्षार्थी पत्रकार)
