ghar sansar

सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन अवरोध हटाऔं : अखिल क्रान्तिकारीका उम्मेदवार अवस्थी

dirghayu ad

तुलसी चन्द
महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको अनेरास्ववियु क्रान्तिकारीका स्ववियु सभापति उम्मेदवार हेमराज अवस्थीले छलफल गरी निर्वाचन प्रक्रियाको अवरोध हटाउनु पर्ने बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचन प्रक्रिया सुरु भएपछि एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्बद्ध विद्यार्थीले निर्वाचन प्रक्रियामाथि निष्पक्ष नभएको भन्दै केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् । तालाबन्दीले स्ववियु निर्वाचन अवरुद्ध हुने अवस्था आएको भन्दै क्रान्तिकारीका उम्मेदवार अवस्थीले निर्वाचन प्रक्रियाका सबै समस्या छलफलका माध्यमबाट हल गरी अघि बढ्नु पर्ने बताएका हुन् ।

ratnam malkhad

उनले विद्यार्थीको मताधिकार खोस्न नहुने भन्दै तत्काल निर्वाचन समितिलाई प्रक्रिया अघि बढाउनु आग्रह गरेका छन् ।

‘विश्वविद्यालयको विकासमा वाधा नपु¥याउ भन्ने नराका साथ सम्पूर्ण कञ्चनपुर बासिन्दा ,संयुक्त विद्यार्थी संगठनका सदस्यहरु तथा महान बुद्धिजीविले सुदूरपश्चिम विश्वविद्यालयको विकास र सुधारका लागि विद्यालयको लथालिङ्ग जुन दुई तिहाइको स्थति छ , त्यसको सुधारका लागि स्वतन्त्र विद्यार्थीको निर्वाचन अप्रहार्य भएको छ भन्दै सम्पूर्ण सङ्युक्त विद्यार्थी सङगठन र कन्चनपुर वासिहरुलाई विद्यालयमा हुने निर्वाचनलाई कुनैपनि हालतमा यहाँका समस्याहरुलाइ छलफलका माध्यमवाट समाधान गर्ने र निर्वाचनमा समस्या आउन नदिन हुन हार्दिक अपिल गर्दछु’ उनले भनेका छन् ।

(प्रशिक्षार्थी पत्रकार)

Himal dental
सम्बन्धित
Loading...