ghar sansar

पूर्व राजालाई एमाले नेतृ पालले दिइन् चेतावनी, भनिन् – जुँगा उखेलेर फालेको मान्छे, टाउको उठाउने हिम्मत नगर्नु होस, हिम्मत गरिए चुप लागेर बस्ने छैनौ

dirghayu ad

महेन्द्रनगर । एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज निरुदेबी पालले पूर्व राजा ज्ञानेन्द्रलाई टाउको उठाउने हिम्मत नगर्न चेतावनी दिएकी छन् ।

एमाले कञ्चनपुरले सोमबार आयोजना गरेको मोटरसाइकल रयालीको समापन कार्यक्रममा इन्चार्ज पालले हिम्मत गरे आफूहरु प्रतिकार गर्ने चेतावनी दिएकी हुन् ।

ratnam malkhad

‘सुदूरपश्चिमबाट हामी सन्देश दिन चाहन्छौ, तपाई एउटा जुँगा फालेको मान्छे, टाउको उठाउने हिम्मत नगर्नु होस, यदि यस्तो गर्नु भयो, हाम्रा युवाहरु खाडीमा मात्रै छैनन्, नेपालमा पनि छन् , त्यो बेला हामी चुप लागेर बस्ने छैनौ’ कोण सभामा पालले भनिन् ।

उनले राष्ट्र र राष्ट्रियता विरुद्ध आँच आउन कार्य गरिए चुप लागेर नबस्ने बताइन् । ‘यो देश, राष्ट्र र राष्ट्रियतालाई आँच आउने काम कसैले गर्छ भने हामी चुप लागेर बस्ने छैनौ, हातमा दही जमाएर बस्ने छैनौ, प्रतिकार गर्नेछौ’ उनले भनिन् ।
गणतन्त्र विरोशी शक्तिले अराजकता मच्चाएकाले जनतालाई गणतन्त्र जोगाउन जागरुक बनाउन रयाली आयोजना गरिएको उल्लेख गर्दै उनले चैत २९ गते धनगढीमा बृहत सभा गरिने बताइन् ।

‘जनताको लोकतन्त्र हो, गणतन्त्र, त्यसैले जनतालाई जागरुक बनाउन रयाली निकालेका हौ’ उनले भनिन् ।

उनले सोमबारको प्रदर्शन ट्रेलर मात्रै भएको बताइन् । आफूहरु शरिरमा रातो र तातो रगतसम्म लोकतन्त्र जोगाउने लड्ने बताइन् । ‘आजको यो र्याली ट्रेलर मात्रै हो, यो देशमा कसैले गणतन्त्र मास्ने कुरा गर्छु भने हाम्रो शरिरमा रातो मात्रै होइन, तातो रगत भएसम्म लड्नेछौ’ उनले भनिन् ।

Himal dental
सम्बन्धित
Loading...