
एमालेको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री रावलले भने– कृष्णपुरको वनदेबीमा आएर गाजा खानेलाई कुनै हालतमा राजा स्विकार्न सकिदैन

महेन्द्रनगर । एमाले पोलिटब्युरो सदस्य एबम् सूदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावलले कृष्णपुरको वनदेबी मन्दिरमा आएर गाजाँ खानेहरुलाई राजा मान्न नसकिने बताएका छन् ।
एमाले कञ्चनपुरले गणतन्त्रको पक्षमा सोमबार गरेको मोटरसाइकल रयालीपछि स्मारक क्षेत्रमा गरिएको कोण सभालाई सम्बोधन गर्र्दै उनले सो कुरा बताएका हुन् ।

‘अहिले केपी ओलीको सरकार आउँदा खेरी दायाबाँयाका केही मान्छेहरुलाई साथ लिएर जोगीहरुका झण्डा झुण्डयाएर , जोगीहरुको साथ लिएर दरबार ब्युताउने प्रयत्न गर्नेहरुलाई पनि भन्न चाहन्छौ तपाईहरुका ठाउँमा भएका दरबारहरुलाई ब्युताउनु होस’ उनले भने, ‘तपाईका ठाउँमा महाराजाहरु बनाउनु होस, हामीलाई चाहदैन, हामी नेपाली हौ, गणतन्त्रको संविधानले चिन्दैन दरबार, हाम्रो संविधानले दरबारको दत्कार देख्दैन, कसैलाई पुकार गरेर यो दरबार जोगाई दिन भन्न पनि चाहदैनौ किन भने हामीलाई थाह यो दरबारले गरेका अपराधिक क्रियाकलापहरु, गजेडीहरु ल्याएर कृष्णपुरको त्यो मन्दिर के भन्छन, त्यो वनेदबी मन्दिरमा आएर गाजा खानेहरु, के हामीले राजा मान्ने, हाम्रो देशमा राजा निषेध गरेको छ, कसैलाई राजा चाहिएको छ भने आफ्नो देशमा राजा बनाउनु होस, हाम्रो देशको संविधानले राजा चिन्दैन ।’
संघीय लोकतान्त्रिक देशको संविधानको दरबारको दरकार नदेख्ने उल्लेख गर्दै रावलले त्यसका विरुद्ध आफूहरुले क्रान्तिको पूर्व अभ्यास थालेकोमा जोड दिए । ‘दरबारको दत्कार देख्नेहरु विरुद्ध चुनौतीका रुपमा यो क्रान्तिको पूर्व अभ्यास अघि बढाएका हौ’ उनले भने,‘ संघीय गणतन्त्रको संविधानले दरबार देख्दैन ।’
संविधानले दरबार नचिनेर सार्वभौमसत्ता नेपाली, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीतालाई मात्रै चिन्ने रावलले उल्लेख गरे । जनताको चाहनाका अनुसार दरबारको शासन ढलेकाले त्यसलाई ब्युताउन नसकिने उनको भनाई थियो ।
‘संविधानले सार्वभौमसत्ता नेपाली नागरिक चिन्छ, संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीतालाई मात्रै चिन्छ’ उनले भने,‘ त्यसैले आज डरका मुरदा कहिलै नाई उठ्ठा, हमले भन्ने गरेका छौ, डरका मुरदा नाई उठठा, उठ्ठा भ्या अहिले मेरा बुवा अउना इतिलाई, मरेको ढलेको दरबार, सिद्धि सकेको दरबारको दत्कार देख्नेहरु खबरदार ।’
रावलले जनातको खबरदारी सभा भएको उल्लेख गर्दै भने,‘ यो तर्पाहरुको लागि खबरदारी सभा हो, आज सुनिता नमिता काण्ड घटाृउनेहरु, हाम्रा चेलीबेटीहरुको अस्तिमा लुट्नेहरु,मुर्ति चोरहरु दरबार, ती मूर्ति चोरहरु अहिले पनि हामीले होइन दरबार काण्ड घटाएका, सुनिता नमिता काण्ड काले घटायो, भण्डार खाल पर्व, कोतपर्व कोले घटायो, दरबारभिका हिंसा निम्त्याए यस्तो दरबार जसले जनताको आवाज होइन, जनताको जीविको प्रश्न कहिले सुनेन ।’
संघीय लोकतान्त्रिक शासन व्यवस्थापछि देश विकास र समृद्धिको बाटोमा हिँडेको रावलले बताए । ‘हामीले हाम्रो देशको विकास र समृद्धिको आयाम देखेका छौ, आज सुदूरपश्चिम हिजाको सुदूरपश्चिम छैन, के हिजो ड्राई पोर्ट थियो, के यहाँ औद्योगिक क्षेत्र बन्ने कुरा भएको थियो, के यहाँ विश्वविद्यालय बनेको थियो, के यहाँ मेडिकल युनिभर्सिटी बनाउने कुरा अघि बढेका थिए, ती दरबारहरुले बनायो कि बनाएन’ उनले भने,‘ एमाले कालापानी, लिम्पियाधुरा, लिपुलेक सहितको नक्सा जारी गरेको राष्ट्रियतासित खेलवाड गरेका छैनौ, राष्ट्रियताका हिमायति हौ, राष्ट्रिय स्वाधिनताका हिमायति हौ, यस कारण यो शरिरमा एक बुँद रगत रहेसम्म यो देशको संघीयतालाई जान दिँदैनौ।’
काठमाडौंको राजावादीको प्रदर्शनलाई लक्षित गर्दै उनले सबैलाई नआत्तिन आग्रह गरे । ‘रेड लेबलका बोटलहरु चोर्ने, जिउँदो पत्रकार जलाउनेहरु यी अपराधिहरुका बारेमा बोल्ने कि नबोल्ने’ उनले भने,‘आज सुरक्षाकर्मीमाथि प्रहार गर्ने, म त भन्छु, यी नपुंसंकहरु हुन्, यी राष्ट्रद्रोही हुन्, यसले कोही पनि नआत्ति आग्रह गर्छु ।’
एमालेलाई राजतन्त्र स्वीकार्य नहुने उल्लेख गर्दै उनले कसैलाई चाहिएको भए आफ्नो घरको कुर्सीमा बसेर भक्ति गर्न सुझाव दिए ।
‘सुरक्षाकर्मीले राष्ट्रको सेवा गरेका छन् त्यस कारण जोगी ल्याएर राजा बनाउने मन छ भने आफनो घरको कुर्सीमा बसाउनु होस’ उनले भने, ‘तपाई त्यसको भक्ति गर्नु होस, तपाई त्यसको खुट्टाको तलावाको पानी खानु होस, हामीलाई त्यो स्वीकार्य छैन ।’
