
महेन्द्रनगर । एमाले बेदकोट नगर कमिटी उपाध्यक्ष एबम् बेदकोट नगरपालिका ९ का वडा अध्यक्ष विष्टको बिहीबार दिउँसो महाकाली नदीमा दाहसंस्कार गरिएको छ ।
महाकालीको भुजेला घाटमा विष्टको पार्थिव शरिरमा उनकी धर्मपत्नि र छोरीले दागबत्ती दिएकी छन् । बेदकोट ९ स्थित सुन्दरपुर घरबाट सुरु शव यात्रामा बेदकोटका मेयर भोजराज बोहरा, उप मेयर तुलसी जोशी लगायत जनप्रतिनिधि, विभिन्न दलका नेता कार्यकर्ता र स्थानीय सहभागी भए ।

बुधबार बेदकोट तालमा बेहोस अवस्थामा भेटिएका उनको महाकाली अस्पतालमा निधन भएको थियो । उनी २०७९ को निर्वाचनमा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।
सैनिक सेवाबाट अवकाश पाएपछि २०७४ को चुनावमा वडा सदस्य जितेर राजनीतिमा आएका उनी शालिन र भद्र जनप्रतिधिका रुपमा चिनिन्थे ।
