ghar sansar

एमाले कञ्चनपुरका यी नेतालाई भयो शोक भन्दा ठूलो सेलिब्रेसन

khasi

महेन्द्रनगर । एमाले बेदकोट नगर कमिटी उपाध्यक्ष एबम् ९ नम्बर वडाका निर्वाचित वडा अध्यक्षको दाहसंस्कारका दिन एमाले कञ्चनपुर इन्चार्ज निरुदेबी पाल सहितका नेताहरु काठमाडौंमा युथ सेलिब्रेसनमा सहभागी भएका तस्बिरहरु सार्वजनिक भएका छन् । सामाजिक सञ्जालबाट ती सार्वजनिक गरिएका छन् ।

dirghayi clinic

युथ सेलिबे्रेसनका लागि एमाले नेताहरु गाडी बुकिङ्ग गरी काठमार्डौं गएका छन् । सेलिब्रेसनमा एमालेका दुई मन्त्री पनि सहभागी भएका तस्बिर बाहिर आएका छन् ।

सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापा सहभागी भएका छन् ।

एमाले केन्द्रीय लेखा आयोग सचिवालय सदस्य ईश्वरी प्रसाद खरेल, एमाले सुदूरपश्चिम उप सचिव नर बहादुर विश्वकर्मा, एमाले कञ्चनपुर उप सचिव अशोक चन्द, कार्यालय सचिव रामचन्द्र रेग्मी लगायतका नेताहरु भने विष्टको दाहसंस्कारमा सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...