ghar sansar

शक्तिशाली आयोग बनाएर २०४६ पछि सत्तामा बस्ने सबैको सम्पत्ति छानबिन गरिनु पर्छ – एमाले कञ्चनपुर उप सचिव चन्द

khasi

महेन्द्रनगर । एमाले कञ्चनपुरका उप सचिव अशोक कुमार चन्दले बहुदल स्थापनापछि सत्तामा पुगेका सबै जनप्रतिनिधिको सम्पत्ति छानबिन गरिनु पर्ने बताएका छन् ।

dirghayi clinic

गैर सरकारी संस्था महासंघ कञ्चनपुरले १९ औं लोकतन्त्र दिवसको अवसर पारी आयोजना गरेको नागरिक संवाद कार्यक्रममा उनले शक्तिशाली आयोग बनाएर २०४६ पछि वडा अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपति भएका सबैको सम्पत्ति छानबनि हुनु पर्ने बताएका हुन् ।

‘मैले यस अघि भन्दै आएको छु, बहुदल, २०४६ मा बहुदल आएपछि वडा अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपति भएका सबैको सम्पत्ति छानबिन गरिनु पर्छ, सार्वजनिक गरिनु पर्छ’ उनले भने,‘यो छानबिन भए मात्रै जनतामा अहिले व्याप्त निराशा कम हुन सक्छ, हामी नेता नै यति निराशामा छौ भने जनताका कति निराशा होला, अनुमान लगाउन सकिन्छ ।’

उप सचिव चन्दले लोकतन्त्र बलियो बनाउन सुशासन र जवाफेहिता चाहिने उल्लेख गर्दै त्यसका लागि सबैले जिम्मेवार बन्नु पर्नेमा जोड दिए ।

Himal dental
सम्बन्धित
Loading...