ghar sansar

नेकपा एस कञ्चनपुरमा व्यापक जिम्मेवारी हेरेफेर, धामी र पाण्डेय आउट

little buddha academy
khasi

तुलसी चन्द
महेन्द्रनगर ।
नेकपा एकीकृत समाजवादी कञ्चनपुरको जिम्मेवारी हेरफेर गरिएको छ । समाजवादी कञ्चनपुरको विस्तारित बैठकल जिल्ला पदाधिकारको जिम्मेवारी हेरफेर गरेको छ ।

विस्तारित बैठकले अध्यक्ष जीवन राज थापाको जिम्मेवारी यथावत राखेको छ । समाजवादीको उपाध्यक्ष उपाध्यक्ष हरिराम चौधरी, बिस्ना पन्त भट्ट, सचिव देब दत्त जोशी, उप सचिव प्रेम बहादुर सिंह, उप सचिव महेश राज जोशी र उप सचिव मदन सिंह सेरालोलाई जिम्मेवारी दिइएको छ ।

dirghayi clinic

समाजवादीका सचिव र उप सचिवहरुको जिम्मेवारी व्यापक हेरफेर गरिएको नेताहरुले बताए ।

यस अघि समाजवादीको कञ्चनपुर सचिव हरक सिंह धामी थिए । यसैगरी उप सचिव राजेन्द्र पाण्डेयलाई पनि जिम्मेवारी हटाइएको छ ।

धामी र पाण्डेय दुबै २०७४ को स्थानीय तह निर्वाचनका निर्वाचित वडा अध्यक्ष हुन् । एमालेबाट निर्वाचित भएका उनीहरु दुबै समाजवादी प्रवेश गरेका थिए ।

बैठकमा समाजवादीका सुदूरपश्चिम प्रदेश अध्यक्ष लाल बहादुर, केन्द्रिय सदस्यहरु बीर बहादुर बुढाथोकी, माया पन्त , सिद्धराज पाण्डेय, ज्येष्ठ कम्युनिष्ट मञ्च सदस्यहरु तनुकलाल चौधरी , गणेश सिंह धामी , सल्लाहकारहरु डा. कबिन्द्र चन्द, प्रदेश कमिटी सचिव सुरेन्द्र मान कार्की , प्रदेश कमिटी उप सचिब गोरख सार्की लगयतका नेताहरु सहभागी भए ।

Himal dental
सम्बन्धित
Loading...