ghar sansar

पाठक पत्र – सेनालाई किन चाहियो जग्गाको पूर्जा ?

khasi

आदरणीय पत्रकारज्यू
यहाँहरुले एक पटक उहाँहरु( नेपाली सेना र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासन ) लाई सोधेर मझगाउँ विमानस्थलबारे स्पष्ट पारिदिन हुन अनुरोध गर्न चाहन्छन् , कञ्चनपुर जिल्ला वासि जनता

dirghayi clinic

(१) मिति २०५१ जेठ ०९ गते प्रकाशित राजपत्र अनुसार स्पष्ट रुपमा किटान गरिएको छ, हवाई मैदान क्षेत्र भनेर, उक्त क्षेत्रमा बिमानस्थल पुनः निर्माणकार्य गर्न तपाईंहरुबाट किन बाधा हालिएको ?
(२) निकुञ्ज सुरक्षाको लागि बसेको नेपाली सेना लाई किन लालपुर्जा चाहियो जुन प्रत्येक १–२ बर्षमा फेरबदल भईरहन्छ ?
(३) निकुञ्जको सिमाना भन्दा बाहिर गई राजपत्रमा हवाई मैदान भनी किटानगरिएको जग्गाको पुर्जा लिन सेनालाई निकुञ्ज प्रशासनले सिफारिस गरेको हो ?
(४) सेनालाई जग्गा चाहिने भए मन्त्रिपरिषदको निर्णय अनुसार पाउनुपर्ने हुन्छ, मन्त्री परिषदको निर्णय खै ?
(५) गलत प्रक्रिया बाट अध्यारोमा चोर बाटो बाट लालपुर्जा बनाउनुपर्ने अवस्था किन आयो सेनालाई  ?
(६) मिति २०८१ फागुन २ गते माननीय गृहमन्त्रीज्यूको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकमा नेपालि सेनाका प्रधानसेनापति सहितको बैठकमा सेनाले प्रयोगमा ल्याएको खेलमैदानमा बिमानस्थलको धावन मार्ग बिस्तार गर्न दिने सहमति भयो भनेर कान्तिपुर जस्तो मिडियाले बनाएको समाचार अनुसार २ महिना बितिसक्दा समेत फिल्डमा काम किन हुन दिएको छैन सेनाले ?
(७) बन्दुक र बर्दिको दम्भमा लालपुर्जा बनाएको हवाई मैदान भनिएको क्षेत्रको जग्गा बराबरको जग्गा अन्यत्र नदिदा सम्म काम गर्न नदिनु भन्ने प्रधानसेनापतिको आदेश २५ नम्बर बाहिनीलाई रहेछ, गृह मन्त्रीको अगाडि बसेर गरेको सहमतिको के अर्थ ?
(८) नियम बिपरित कब्जा गरिएको जग्गाको सट्टामा जग्गा मागेर बिमानस्थल निर्माणकार्यमा बाधा अड्चन खडा गरेर के सन्देश दिन खोजेको हो सेनाले ?
(९) नियम संगत ढंगले लालपुर्जा लिनु भएको हो भने मिडिया मार्फत जनतालाई स्पष्ट पारिदिनु, हामिले नेपाल सरकारको यो यो नियम सिफारिस अनुसार यो जग्गाको लालपुर्जा लिएका हौ भनेर, होईन भने त तपाईं नेपाली सेना जनताको नजरमा सदैव गलत नै देखिनु हुन्छ, कसरी दिनु हुन्छ यसको जवाफ जनतालाई  ?

कञ्चनपुर जिल्लाका सम्पूर्ण जनता

Himal dental
सम्बन्धित
Loading...