

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ले माओवादी केन्द्रका बेदकोट अध्यक्ष लाल परियारको घरमा पुगेका छन् । उनले पितृ शोकमा रहेका नगर अध्यक्ष परियार सहित किरियापुत्रीलाई भेट गरेका छन् ।



माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रीत माओवादीको जनतासंग माओवादी तराई–मधेश जनजागरण अभियान समापनका लागि कञ्चनपुर आएका उनी बुधबार दिउँसो परियारको घरमा पुगेका छन् ।

उनले परियार परिवारलाई समवेदना दिए । नेता परियारका बुबा बिरसिह परियारको केही दिन अघि निधन भएको थियो । परियार सहित बीर बहादुर परियार, अनिल कुमार परियार, शिव कुमार परियार क्रिरिया बसेका छन् ।

