ghar sansar

जिल्ला सचिवालय सदस्य भन्दै माओवादी प्रवेश गरेका विष्टबारे एमाले बैतडीले भन्यो– सदस्यता नविकरण गरिएको छैन, पार्टी जिम्मेवारीमा छैनन्

little buddha academy
khasi

महेन्द्रनगर । एमाले बैतडीले सचिवालय सदस्य भन्दै नेकपा माओवादी केन्द्र प्रवेश गरेका काशी सिह विष्टको पार्टी सदस्यता नविकरण नभएको जनाएको छ ।

एमाले बैतडीका बैतडीका अध्यक्ष नरेश विश्वकर्माले प्रेस विज्ञप्ति जारी गर्दै विष्टको २०८१ को सदस्यता नविकरण नभएको र पार्टी जिम्मेवारीमा नभएको जानकारी गराएका छन् ।

dirghayi clinic

माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान अन्र्तगत महेन्द्रनगरको समापन कार्यक्रममा विष्टले आफू एमाले बैतडी जिल्ला कमिटी सचिवालय सदस्य रहेको भन्दै माओवादी केन्द्र प्रवेश गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई टीका लगाएर पार्टी प्रवेश गरेका थिए ।

माओवादी केन्द्रले उनी एमाले जिल्ला सचिवालय सदस्य र दोगडाकेदार गाउँपालिकाका अध्यक्षको जिम्मेवारी निर्वाह गरेका नेता भन्दै उनलाई कार्यक्रममा सम्बोधन गरेको थियो ।

एमाले बैतडीका अध्यक्ष विकले सार्वजनिक विज्ञप्तिमा विभिन्न सञ्चार माध्यमले तथ्यहिन समाचार सम्प्रेषण गरेको भन्दै आगामी दिनमा सत्यथ्य समाचार प्रकाशन प्रसारण गर्न आग्रह गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...