ghar sansar

नेपाल लाइफ इन्स्योरेन्स २५ औैं वर्ष प्रवेश अवसरमा सुदूरपश्चिमभर विभिन्न कार्यक्रम

dirghayu ad

महेन्द्रनगर । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ औैं वर्ष प्रवेश गरेको छ । कम्पनीले २४ वर्ष पूरा गरि २५ औँ वर्ष प्रवेश गरेको अवसरमा सुदूरपश्चिमका जिल्लामा विभिन्न कार्यक्रम गरिएका छन् ।

कम्पनीको टीकापुर शाखामा सबै अभिकर्ता र कर्मचारीको सहभागितामा प्रभात फेर लगायतका कार्यक्रम गरिए । प्रभातफेरिपछि बृहत रक्तदान कार्यक्रम गरियो ।

ratnam malkhad

सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रदेशका धनगढी महेन्द्रनगर अत्तरिया र बेलौरीले विभिन्न संघसंस्थालाई सहयोग गरेको छ ।

अत्तरिया शाखाले सुदूरपश्चिम प्रदेशको नमूना विद्यालय दुर्गालक्ष्मी माध्यमिक विद्यालयलाई ४५ थान कुर्ची प्रदान गरेको छ ।

धनगढी शाखाले असाय, पीडित, एकल महिला, मानसिक रूपमा अस्वस्थ महिलाहरूको रेखदेख गरिरहेको संस्था दृष्टि फाउन्डेसन लाई ५० थान कपडा वितरण गरिएको छ ।

महेन्द्रनगर शाखाले महेन्द्रनगरमा रहेको बाल अनाथालय लाई आवश्यक चार थान टेबल पङ्खा र १५ थान कुर्ची वितरण गरेको छ ।

बेलौरी शाखाले त्यस क्षेत्रमा रहेको सामुदायिक विद्यालय दुर्गा माध्यमिक विद्यालयलाई दुई थान वाटर डिस्पेंजर वितरण गरेको छ ।

कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख दिपक भट्टले बीमा कम्पनी आगामी दिनमा बीमा क्षेत्रकै अग्रणी कम्पनी रहिन रहने कार्यसंगै सामाजिक कार्यमा पनि अग्रस्थानमा रहने प्रतिबद्धता व्यक्त गरे ।

Himal dental
सम्बन्धित
Loading...