
महेन्द्रनगर । नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरले बैशाख २५ गते केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि छनौट गर्ने भएको छ ।
मुक्ति समाजको काठमाडौंमा हुने महाधिवेशनका लागि बैशाख २५ गते दिउँसो एमाले कञ्चनपुरको पार्टी कार्यालयमा राखिएको समाजका कञ्चनपुर अध्यक्ष राजेन्द्र आग्रीले जानकारी दिए ।

अध्यक्ष आग्रीले समाजका सबै सदस्यलाई भेलामा सहभागी हुन आग्रह गरेका छन् ।
