ghar sansar

छेला औद्योगिक क्षेत्र : हल्लाखल्ला बढी, काम अझै सुस्त

dirghayu ad

अंकुश विष्ट
काठमाडौं । चर्चामा आएको झन्डै तीन दशकसम्म दैजी–छेला औद्योगिक क्षेत्रको काम शुरूआत भएको छैन । तीन दशकपछि बल्ल रुख काट्ने काम सम्पन्न गर्ने तयारी छ ।

कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउने उद्देश्यले पहिलो पटक विसं २०५२ मा उक्त प्रस्ताव भएको थियो । चालू आर्थिक वर्षभित्रै रुख काट्ने काम सम्पन्न गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सहायक निर्देशक कृष्णबहादुर पुनले बताए । उनका अनुसार रुख काट्न नम्बरिङ्ग र छपानको कार्य सम्पन्न भई मन्त्रालयबाट स्वीकृत पनि प्राप्त भइसकेको छ ।

ratnam malkhad

ेदकोट नगरपालिकास्थित दैजी–छेला औद्योगिक क्षेत्रको काम औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरिरहेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कम्पनीले दैजी–छेला औद्योगिक क्षेत्रका लागि रुख काट्ने काम चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने जनाएको छ ।

करिब १० वर्षअघि २०७२ साल चैत १ गते मन्त्रिपरिषद्ले दैजीमा औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । औद्योगिक क्षेत्र बनाउने मन्त्रिपरिषद् निर्णयको करिब ५ वर्षपछि २०७७ फागुन १० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट औद्योगिक क्षेत्रको शिलान्यास गरिएको थियो ।

यसअघि भने २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीकै कार्यकालमा दैजी क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने कुरा उठेको थियो । तर, बारम्बार उक्त क्षेत्रलाई औद्योगिक क्षेत्रको रूपमा घोषणा गर्दै निरीक्षण गरिएको थियो तर, आरक्ष निकुञ्जको क्षेत्र परेकाले वनका मन्त्रालयबाट विभिन्न अध्ययन र मूल्याङ्कन हुँदै अगाडि बढ्न सकेको थिएन ।

२४० हेक्टर क्षेत्रफलमा बनाइने भनिएको दैजी–छेला औद्योगिक क्षेत्रको आकार घटाएर वन मन्त्रालयले १३७ हेक्टरमा बनाउन भनेको छ र सोही अनुरूप चालू आर्थिक वर्षभित्रै उक्त क्षेत्रका रुखहरू काट्ने काम गरिने जनाइएको छ ।

रुख काट्न मात्रै १ अर्ब बढीको रकम खर्च लाग्ने सहायक निर्देशक कृष्ण बहादुर पुनले बताए । तर, विकासले योजनाहरूमा १ रुख काट्दा १० वटा रुख रोप्नुपर्ने व्यवस्थामा चालू आर्थिक वर्षभित्रै रुख काट्ने काम सम्पन्न गर्नेलाई सरकारले उक्त रुख काटे बापतको रकम छुट दिने उनको भनाइ छ ।

विस्तृत परियोजना प्रतिवेदनको कार्य सम्पन्न र वातावरणीय प्रभाव मूल्याङ्कन(इआइएए) प्रतिवेदन स्वीकृत, रुखहरूको नम्बरिङ्ग, छपानको कार्य सम्पन्न भई प्रतिवेदन वन विभागमा पेश भएको थियो ।

विभागले वन तथा वातावरण मन्त्रालयमा स्वीकृतिका लागि पठाएपछि मन्त्रालयको सहसचिव स्तरीय टोल गठन गरेर उक्त परियोजनाको लागि अध्ययन गर्न शुरू गरेको थियो । अध्ययन टोलीले प्रतिवेदन मन्त्रालयमा बुझाइसकेको छ ।

उनका अनुसार दुई वर्षदेखि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले दैजी–छेला औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय सञ्चालनमा छ । डिभिजन वन कार्यालयले दुई वर्ष लगाएर औद्योगिक क्षेत्रमा पर्ने रुखको लगत सङ्कलन गरेको थियो तर, वन मन्त्रालयले सहसचिव स्तरीय टोल गठन गरेर अध्ययन गर्न लगाएको थियो । जसको अध्ययन गरेर टोलीले वन मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ । अब चालू आर्थिक वर्षभित्रै रुख काट्ने काम सम्पन्न गरेर पूर्वाधार निर्माणको काम अगाडि बढाइने कम्पनीको भनाइ छ ।

पूरक डीपीआर आवश्यक

प्रारम्भिक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार औद्योगिक क्षेत्रका लागि २५ हजार रुख काट्नुपर्ने देखाएको थियो । तर, औद्योगिक क्षेत्रको शिलान्यास भएपश्चत ४३ हजार रुख काट्नुपर्ने देखाएको थियो । अहिले करिब ५५ हजार रुख काट्नुपर्ने देखिएको जनाइएको छ ।

त्यस्तै, क्षेत्रफल पनि निकै घटाइएको छ । ९०० बिघामा औद्योगिक क्षेत्र घोषणा भए पनि प्रारम्भिक डीपीआरमा ३८८ बिघामा बनाइने आयो । तर, शिलान्यासपछि २४० हेक्टर क्षेत्रफलमा बनाइने औद्योगिक क्षेत्रलाई १३७ हेक्टरमा झारिएको छ ।

सहायक निर्देशक पुनका अनुसार वन मन्त्रालयबाट १३७ हेक्टरमा बनाउन स्वीकृत दिएको छ । ‘चुरे क्षेत्रतर्फको कोरिडोरका लागि केही क्षेत्रफल छोड्नुपर्ने भएको छ भने बाटो भएको क्षेत्रलाई पनि छोडेर १३७ हेक्टरमा बनाउन वनले भनेको छ’, उनले भने, ‘यसका साथै धेरै कुरा परिवर्तन भएका छन् । रुखको संख्या पनि बढेको छ । मोडालीटीलाई पनि परिवर्तन गर्नुपर्ने देखिएको छ । त्यसैले पूरक डीपीआर आवश्यक छ । त्यो बनाउने तयारीमा छौं ।’

सरकारले चासो देखाए पनि विभिन्न वनका निकायहरूको अवरोधका कारण औद्योगिक क्षेत्र बन्न नसकेको कारण देखाइएको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पितम्बर जोशीले बताए । नयाँ मोडालीटीमा प्राइभेट कम्पनीलाई औद्योगिक क्षेत्र बनाउन दिएको भए काम सम्पन्न भइसक्ने उनको भनाइ छ ।

‘वनका निकायहरूबाट विभिन्न समयमा काम अल्झिएको भन्ने कुरा मात्रै भएको छ’, उनले भने, ‘अहिले मन्त्रालयबाट काम अगाडि बढी सकेको बताइएको छ । नयाँ मोडालीटीमा कुनै प्राइभेट कम्पनी भएको भए सायद अहिलेसम्म काम भइसक्थ्यो ।’

औद्योगिक क्षेत्र बन्दैमा उद्योगहरू चल्ने र अर्थतन्त्र चलायमान नहुने अध्यक्ष जोशी बताउँछन् । औद्योगिक क्षेत्रको निर्माणसँगै जनसंख्या वृद्धि र विश्वासको वातावरण बनाउनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

‘औद्योगिक क्षेत्र बन्दैमा उद्योगहरू चल्ने होइन । औद्योगिक क्षेत्र बनेर मात्रै भएन । उद्योगहरू चल्नुप¥यो । त्यसका लागि जनसंख्या हुनुप¥यो । जुन पछिल्लो समय विदेशी रहेका छन्’, उनले भने, ‘कसरी जनसंख्या बढाउने र लगानीकर्ताहरूका लागि विश्वासको वातावरण बनाउनेमा जोड दिनुप¥यो ।’

साभार : लोकतान्तर

Himal dental
सम्बन्धित
Loading...