
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर क्षेत्रमा गएराति भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीले सीमाक्षेत्रमै प्रवेश गरी नेपाली नागरिकमाथि कुटपिट गरेका छन् । घटनामा महिलासहित करिब २५ जना स्थानीय घाइते भएको पीडितले बताएका छन् ।
स्थानीयवासीका अनुसार रातको समयमा भारततर्फबाट आएका भारतीय सुरक्षाकर्मीहरू समूहमा आएर घरमै पसेर कुटपिट गरेका थिए।

‘हामीलाई केही नबोली लाठी लिएर कुट्न थाले,’ एक पीडितले बताए । उनीहरुका अनुसार महिलाहरू समेत डरका कारण रातभर घर छाडेर भाग्न बाध्य भएका छन् ।’
स्थानीयहरूले भारतीय सुरक्षाकर्मीहरूबाट बारम्बार त्रास, धम्की र दुव्र्यवहार भोग्नुपरेको गुनासो गरेका छन्। ‘सीमानामा बस्नै नसकिने भएको छ,’ अर्का स्थानीयले भने, ‘हामी आफ्नै देशमा असुरक्षित छौं।’
