ghar sansar

भारत पाकिस्तान तनावपछि सीमामा उच्च सुरक्षा सतर्कता, चार ओटै सुरक्षा निकाय परिचालन

khasi

महेन्द्रनगर । भारत पाकिस्तान तनाव चर्किएपछि कञ्चनपुर प्रशासनले सीमा क्षेत्रका चार ओटै सुरक्षा निकायलाई उच्च सुरक्षा सतर्कताका साथ सीमा क्षेत्रमा परिचालन गरेको छ ।

सीमा क्षेत्रमा सशस्त्र र जनपद प्रहरीको गस्ती बढाइएको छ । सशस्त्र प्रहरीका ४१ टोली सीमा क्षेत्रमा परिचालन गरिएको छ । अहिले सीमामा अढाई सय बढी सशस्त्र प्रहरी खटिएका छन् ।

dirghayi clinic

बुधबार रातिदेखि भारत पाकिस्तानबीच तनाव बढेको हो । बिहीबारदेखि कञ्चनपुर प्रशासनले उच्च सुरक्षा सतर्कता अपनाउँदै सीमा क्षेत्रमा सबै सुरक्षा निकाय परिचालन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लक्षण ढकालले जिल्ला सुरक्षा समितिको बैठक गरी आवश्यकता अनुसार सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको बताए । ‘दुई देशबीचको तनावलाई मध्यनजर गरी उच्च सुरक्षा सर्तकता अपनाएका हौ’ उनले भने ।

प्रशासन कार्यालयले ब्रह्मदेबदेखि डोके बजारसम्मको सीमा क्षेत्रमा सुरक्षा जाँच बढाएको हो । प्रशासनले अहिले ब्रम्हेदब, गड्डाचौकी, दोधारा चाँदनी, बेलडाँडी, बेलौरी, पुनर्वास, डोकेबजार लगायतका स्थानबाट प्रवेश गर्ने र बाहिरिने सबैको विवरण समेत संकलन गरि रहेको छ ।

ब्रह्मदेबदेखि डोके बजारसम्म भारतसित नेपालको १ सय ३० किलोमिटर सीमा जोडिएको छ ।

Himal dental
सम्बन्धित
Loading...