

महेन्द्रनगर । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र कञ्चनपुरले सामुदायिक तथा घर पालुवा कुकुरलाई रेविज सुई लगाउने अभियान सुरु गरेको छ । सरकारले सन् २०३० सम्म रेबिज उन्मूलन गर्ने लक्ष्य अनुसार अभियान सुरु गरिएको छ ।
महेनद्रनगरको मदनचोकमा भेटेरीनरी अस्पतालका तथा पशुविज्ञ केन्द्रका प्रमुख श्याम सिंह खड्काले सामुदायिक कुकुरलाई रेविज विरुद्धको सुई लगाएर अभियानको सुरुवात गरेका हुन् । उहाले राष्ट्रिय स्तरकै अभियान अन्तरगत सामुदायिक कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाईरहेको बताए ।

‘यो अभियान राष्ट्रिय स्तरकै कार्यक्रम हो । आज हामीले आज महेन्द्रनगरको मदनचोकबाट अभियानको सुरुवात गरेका छौ, यो सुरुवात हो,’ कार्यालय प्रमुखले भन्नुभयो ‘जिल्लाका सबै पालिका र जाहाँ जहाँ सम्भवहुन्छ त्यहा अभियान सञ्चालन गछौ ।’
उनले सबै कुकुरहरुलाई निशुल्क रेविजविरुद्धको खोप प्रदान गरीने भन्दै सबै कुकुरधनीलाई नजिकको पायकपर्ने स्थानमा लगि कुकुरलाई रेविजविरुद्धको भ्याक्सिन लगाउन आग्रह गरे ।
‘सवै कुकुरहरुलाई निशुल्क खोप उपलब्ध गराउछौ, सवै जनसमुदायलाई भेटेरिनरी, सम्बन्धीत पालिकाको पशुशाखामा या हामीलाई सम्पर्क गर्नुस, हाम्रा प्राविधिक साथिहरु सोही ठाउँमा गएर यो भ्याक्सिन लगाउछौ, कसैबाट कुनै पनि शुल्क लिईदैन, निशुल्क भ्याक्सिन लगाईन्छ,’ कार्यालय प्रमुख खड्काले भन्नुभयो ‘हामी सबैको दायित्व हो रेविजमुक्त समाज बनाउने, अकालमा लाखौ मान्छेहरु मरिरहेका छन् यो एउटा अभियान हो यसमा सबैले साथ दिन आग्रह गर्दछु ।’
अभियानको पहिलो दिन ३७ भाईल खोप अर्थात ३७ सामुदायिक तथा घरपालुवा कुकुरलाई रेविजविरुद्धको सुई लगाइएको कार्यालयका अधिकृत दिर्घकुमार स्वारले बताए । ‘आज अभियानको पहिलो दिन हामीले ३७ कुकुरलाई रेविज विरुद्धको सुइृ लगाएका छौ,’ अधिकृत स्वारले भने, ‘हामीले यो खोप अभियानलाई निरन्तरता दिएका छौ, कुकुर धनीहरुले आफ्ना कुकुरलाई रेविज विरुद्धको निशुल्क खोप लगाएर रेविज उन्मुलन अभियानमा सहयोग गर्न अपिल गर्छु ।’
