

महेन्द्रनगर । बेलौरी नगरपालिका न्यायिक समितिले दुई दिने मेलमिलाप तथा कानुन सम्बन्धि तालिम सुरु गरेको छ । कार्यक्रममा न्यायिक समितिका सदस्य आरती चौधरीले स्वागत मन्तव्य राख्दै मेलमिलाप तथा कानुन सम्बन्धि कार्यक्रममा सहभागी वडाध्यक्ष,वडा सचिवलाई सामान्य मुद्दामा मामिला,खर खिचोलो कि विषयमा जानकारहरुले सत्य तथ्य कुरामा न्यायीक समिति माझ सही सूचना दिनुपर्ने बताइन् ।

बेलौरी नगरपालिका न्यायिक समितिका संयोजक तथा बेलौरी नगरपालिकाका उप– प्रमुख जोगराम चौधरीको अध्यक्षतामा गरिएको कार्यक्रममा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरी, बेलौरी नगरपालिकाका नगर प्रवक्ता हर्क बहादुर भूल,प्रशिक्षक अधिवक्ता झँकर कुवँर लगायतका सहभागी भएका छन् ।
कार्यक्रममा उप–प्रमुख जोगराम चौधरीले नागरिकहरु बीच उत्पन्न हुने विवादहरु लाई लिएर जिल्लाका सदरमुकाममा रहेका न्यायिक र अर्ध न्यायिक निकायसम्म पुग्न नागरिकको श्रम साधन र धनको बढी खर्च हुने भएकोले आफूले स्थानीय स्तरमा उत्पन्न भएका विवादलाई स्थानीय स्तरबाट नै जनताले निर्वाचित गरेका जनप्रतिनिधि हरुको प्रयासबाट विवाद निरूपण गर्दा दीर्घकालीन सामाजिक सद्भाव मेलमिलाप र आपसी सहिष्णुता कायम रहने भएकाले मेलमिलाप केन्द्र र न्यायिक समितिको महत्वपूर्ण भूमिका रहेको हुँदा यस कार्यक्रम सञ्चालन गरिएको बताए ।
