

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ स्थित बैजनाथ बचत तथा ऋण परिचालन समूहले बैजनाथ मन्दिरलाई आवश्यक पर्ने भाँडा बर्तन लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।
समुहका अध्यक्ष विष्णु सिंह कुँवर को अध्यक्षतामा मन्दिर पाराङ्गणमा भी न पा १३ न. का वडाध्यक्ष राम बहादुर बोहरा को प्रमुख आतिथ्यतामा,वडा सदस्य बाला देवी नाथ,हरिष साउद,दिपक बुढा,सिद्धनाथ मा.वि.ब्यवस्थापन समिति अध्यक्ष महेश भट्ट,स्थानीय समाजसेवी बुद्धिजीवीहरु को आतिथ्यतामा मन्दिर संरक्षण संवर्धन समिति का उपाध्यक्ष कालू सिंह साउद लगायतका पदाधिकारीहरुलाई करिब एक लाख बराबरको सामान हस्तान्तरण गरेको हो ।

बचत समूह का उपाध्यक्ष दुर्गा दत्त भट्ट का अनुसार मन्दिरमा गरिने कुनै पनि शुभ कार्यको बेला छर छिमेक का घरहरुबाट बर्तन सामाग्रीहरु जुटाउनु पर्ने बाध्यता रहेकोले सबैको सहयोग सद्भावले मन्दिर समितीलाई सामाग्री हस्तान्तरण गर्न सफल भएको बताए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष राम बहादुर बोहराले“धार्मिक आस्थाको आधारमा आदर्श समाज निर्माण गर्दै सिमित बजेटको सिमाभित्र रहेर समग्र पक्षको विकास समृद्धिमा वडा जनप्रतिनिधिको सिङ्गो टिम लागि परेको बताए ।
२०६५ वैशाख ०१ गते देखि संचालन मा रहेको सो समुहमा हाल ५५ सदस्यीय बचतकर्ताले हरेक महिनाको २९ गते २००÷– को बचत गर्दै आएका छन् ।
