

माननीय सभामुख महोदय,
नेकपा (एमाले) संसदीय दलको नेताको हैसियतले यस बजेट सेशन पूर्व छैटौं अधिवेशनमा बोल्न पाउदा गौरवान्वित महशुस गरेको छु । सर्वप्रथम, सुदूरपश्चिमवासी र जनताले संघीय लोकतान्त्रिक गणतन्त्र प्रति देखाएको विश्वास र सहभागिता प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

गत संसदमा सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्न सम्माननीय प्रधानमन्त्री ज्यूको आगमन र सुदूरपश्चिमको समृद्धि र विकासका विषयमा दिनु भएको सारगर्भित मन्तब्य सहितको प्रतिबद्धताका लागि उहाँ प्रति हार्दिक धन्यबाद र सम्मान प्रकट गर्न चाहन्छु ।
बजेट सेशन पूर्व नै संघीय सरकारले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको सबल नेतृत्वमा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक सम्मानित संघीय संसदबाट पारित गरेकोमा सम्माननीय प्रधानमन्त्री, सभामुख एवम् संघीय संसद प्रति आभार प्रकट गर्न चाहन्छु । र, सुदूरपश्चिमबासीहरुलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु । निसन्देह, यो विश्वविद्यालय सुदूरपश्चिमको मात्र नभई देशकै लागि एउटा गेम चेन्जिङ विश्वविद्यालय हुनेछ भन्ने विश्वास लिएको छु ।
ड्ड हामी समकालीन परिस्थितिको एउटा जटिल मोडबाट गुज्रिरहेका छौं । हामीले गत वर्ष निर्मित आकस्मिक बजेट निर्माण प्रकृयाबाट समेत सबक लिन जरुरी छ । बजेट कार्यान्वयनमा देखा परेका चुनौतीहरु, राष्ट्रिय र अन्र्तराष्ट्रिय बजारमा आएको आर्थिक मन्दिका असरहरुका बाछिटाहरु हाम्रो देशमा समेत पर्न गएका छन् । जसको प्रभाव सुदूरपश्चिम प्रदेश लगायत समस्त प्रदेशहरुले समेत बेहोर्नु परेको छ । तसर्थ हामीले बजेट विन्यासमा गम्भीर हुन जरुरी छ । अब बन्ने बजेट सामुहिक दूरदृष्टिको प्रतिबिम्ब सहितको समृद्ध, समावेशी र लचिलो हुन आवश्यक छ ।
गत अधिवेशन स्थगनले प्रदेश सभामा केही तिक्तता ल्याएको छ । सुशासन र समृद्धिको यात्रा गर्दाका केही अवरोधहरुसँग हामीले जुझ्नु प¥यो । तसर्थ सम्भावित चुनौतीहरुको हामी सबैले मिलेर सामाना गर्नुको विकल्प छैन । स्थानीय तहका कर्मचारीहरुको विधेयक संसदबाट पारित गर्नु पर्ने चुनौती हामी सँग अद्यापी कायम छ । प्रदेशले सही ढंगले बजेट विनियोजन कुशलताको प्रदर्शन गर्नुका साथै बजेट कार्यान्वयनका चुनौतीहरुलाई समेत ध्यान दिन जरुरी छ । हामीले हाम्रा प्राथमिकताहरु निर्धारण गर्दा जनताको अपेक्षा एवम् दिगो विकास लक्ष्यहरुका साथै हाम्रा विशिष्ठ प्रादेशिक लक्ष्यहरुको आधारमा विनियोजन गर्न जरुरी छ ।

यस वर्षको बजेट रोजगारी प्रवद्र्धन र सामाजिक विकास केन्द्रीत हुनुका साथै सन्तुलित अत्यावश्यकीय पूर्वाधार निर्माण केन्द्रीत हुन जरुरी छ । कृषि र पर्यटनको विकास मार्फत रोजगारी श्रृजना र आप्रवासन रोक्न र युवा पलायन रोक्न लक्षित कार्यक्रम ल्याई ‘अर्निङ एण्ड लर्निङ’ लक्षित समुह उत्थान कार्यक्रमहरु फोकस्ड हुन जरुरी छ ।
– प्रदेश सरकारलाई संविधान पद्धत अधिकार हरुको कार्यान्वयन तर्फ बढाउन र आफ्नो श्रोत ब्यवस्थापनमा जोड दिन म आग्रह गर्न चाहन्छु । भौतिक पूर्वाधार विकास, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र औद्योगिक विकास र प्रबद्धनका साथै रोजगारी श्रृजना नै हाम्रो प्रमुख लक्ष्य हो ।
– हाम्रा चुनौतीहरु गरिबी, असमानता, विपद् ब्यवस्थापन र बेरोजगारी हो । अतः यी चुनौतीको सामाना गर्दै युवा पलायन रोक्न स्टार्टअप कार्यक्रमहरुको पारदर्शी कार्यान्वयन जरुरी छ । साथै विगत वर्षौ देखिको बजेटमा बिचौलियापनलाई केही हद सम्म निरुत्साहित गर्न हामी सफल भएका छौं ।
– अत: यस वर्ष बजेटले प्रादेशिक अर्थतन्त्रलाई कृषि, पर्यटन र उद्याशीलता मार्फत बलियो बनाउदै जानुपर्ने देखिन्छ ।
– सत्तारुढ गठबन्धनको साँझा उद्धेश्य प्रदेशलाई आत्र्मनिर्भर, समुन्नत र सहनशील बनाउनु रहेको छ । नेकपा (एमाले) को तर्फबाट स्पष्ट रुपमा भन्न चाहन्छु की यो बजेटले कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र युवा रोजगारीका क्षेत्रमा प्रभावकारी कार्यक्रम ल्याउनु पर्दछ ।
यस अधिवेशनमा हाम्रा प्राथमिकताहरु देहाय बमोजिम रहनुपर्दछ ।
– प्रदेश उत्पादनमुखी अर्थतन्त्रको विकास
– गरिबी निवारण र रोजगारी श्रृजना तर्फ केन्द्रीत विकास
– प्राकृतिक श्रोत संरक्षण र वातावरणीय उत्तरदायित्व सहितको विकास
– स्थानीय सरकारहरुसँग समन्वय र सहकार्य गर्दै प्रभावकारी सेवा प्रवाहमा जोड्
– सीमान्तकृत समुदायको सशिक्तकरण र सहभागीता
– युवा पलायन रोक्न स्टार्टअप लगायतका कार्यक्रमहरुमा जोड्
–डिजिटल शासन मार्फत सेवाप्रदायी संस्थाहरुले अघि बढ्दै सेवा प्रदान गर्न जरुरी छ ।
– योजनाहरु वतावरण अनुकुलन सहित र वातावरणमैत्री हुन आवश्यक छ । साथै युवाहरुको क्षमता अभिबृद्धिमा ध्यान दिन आवश्यक छ ।
यो बजेट अधिवेशन केबल आर्थिक दस्ताबेज प्रस्तुत गर्ने अवसर नभई जनआकांक्षा सहित प्रदेशका सम्भावना र विकासका लागि हाम्रो साझा दृष्टिकोण तय गर्ने ऐतिहासिक अवसर पनि हो । तर्सथ जवाफदेही योजना अघि सार्नुका साथै समावेशी, पारदर्शी तथा दिगो विकासको आधार तयार गर्नु हाम्रो कर्तव्य र जिम्मेवारी हो ।
तसर्थ हामी सत्ता गठबन्धनमा रहेर परिणाममुखी र जिम्मेवार भूमिका निर्वाह गर्न तत्पर छौं । साथै बजेट निर्माण र कार्यान्वयनमा जनताको अपेक्षालाई केन्द्रमा राखेर अघि बढ्न प्रतिबद्ध छौं ।
म सत्तापक्ष र विपक्षका सम्पूर्ण माननीय सदस्यहरुसँग बिनम्रतापूर्वक अपिल गर्न चाहन्छु कि आउनुस् एकताबद्ध भई रचनात्मक ढंगले आफ्ना मुद्धा र छलफलहरुलाई अघि बढाउँदै र आगामी वर्षको नीति र कार्यक्रमलाई प्रदेशको दीर्घकालीन योजना र जनआकांक्षा अनुरुप अगाडी बढाउन सफल बनौं ।
हामीलाई विश्वास छ कि यो सदन सुचारु रुपले अघि बढने छ । र बजेट निर्माण प्रकृया सहभागीतामुलक, पारदर्शी र जनउत्तरदायी हुनेछ ।
(एमाले सुदूरपश्चिम प्रदेश संसदलीय दलका प्रमुख राजेन्द्र सिह रावलले प्रदेश सभाको छैटौं अधिवेशनमा दिएको मन्तव्य)

