ghar sansar

मदनचोक र पुष्पलाल चोकमा साँझपख घन्कियो गणतन्त्र जिन्दावादको नारा

khasi

महेन्द्रनगर । संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, नेकपा एमाले जिन्दावाद, बीर सहिद अमर रहुन ।

बिहीबार साँझ मदनचोकमा दिप प्रज्वलनपछि एमाले केन्द्रीय लेखा आयोग सचिवालय सदस्य ईश्वरी प्रसाद खरेलले नारा लगाएपछि सहभागीहरुले उनलाई पछयाउँदै साथ दिए । केही बेर नारा लगाउने क्रम चल्यो । नाराबाजीसंगै दिप प्रज्वलले मदनचोकको साँझपखको दृष्य एकाएक फेरियो ।

सत्तारुढ एमालेले १८ औं गणतन्त्र दिवसको अवसर पारेर बिहीबार साँझ मदनचोक र पुष्पलाल चोकमा दिप प्रज्वलन गरेको छ । एमाले भीमदत्त नगर कमिटीले गरेको कार्यक्रममा एमाले नेता कार्यकर्ता सहभागी भए ।

मदनचोकमा नेपालको नक्सा बनाएर त्यसमा दिप प्रज्वलन गरिएको छ । एमाले केन्द्रीय सदस्य कृपाराम राना, केन्द्रीय लेखा आयोग केन्द्रीय सचिवालय सदस्य खरेल, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य महेश पन्त, एमाले भीमदत्त नगर अध्यक्ष हिमाल चन्द लगायत विभिन्न जन संगठनका नेता कार्यकर्ता सहभागी भए ।

dirghayi clinic

मदनचोकमा नेता कार्यकर्ताले नेपालको नक्सामा मोमबत्ती बालेपछि गणतन्त्रको पक्षमा नाराबाजी गरे । त्यसपछि उनीहरु पुष्पलाल चोकमा दिप प्रज्वलन गरी गणतन्त्रको पक्षमा नारा लगाए ।

एमाले केन्द्रीय लेखा आयोग सचिवालय सदस्य खरेलले गणतन्त्रलाई संस्थागत गरी अहिले शासन व्यवस्थाप्रति देखिएका सबै निराशा हटाउनु पर्ने आवश्यकता औंल्याए ।

‘गणतन्त्र संसारमै उत्तम शासन व्यवस्था हो, यसलाई संस्थागत गरी अघि बढ्नु पर्छ’ उनले भने,‘अहिले गणतन्त्रप्रति देखिएको निराशा हटाउन सबै पक्ष गम्भीर भएर लाग्नु पर्छ ।’

एमालेले मदनचोक र पुष्पलाल चोकमा बर्सेनी दिप प्रज्वलन गर्दै आएको छ । पुष्पलाल चोकमा पुष्पलाल श्रेष्ठको पूर्ण कदको शालिक बनाउन तयार गरिएको स्थानमा दिप प्रज्वलन गरिएको छ ।

सडक निर्माणका क्रममा केही वर्ष अघि पुष्पलालको अर्ध कदको शालिक भत्किएपछि एमालेले पार्टी कार्यालयमा लगेर राखेको छ । त्यहाँ राख्न पूर्ण कदको शालिक निर्माण गरिएको छ ।

भीमदत्त नगरपालिकाले शालिक निर्माण गरे पनि हालसम्म पुष्पलाल चोकमा स्थापना गर्न सकेको छैन ।

 

Himal dental
सम्बन्धित
Loading...