ghar sansar

८४ मा एमाले सुदूरपश्चिमा स्वाहा हुने केन्द्रीय सचिवको चिन्ता

khasi

महेन्द्रनगर । एमाले सचिव लेखराज भट्टले एमालेमा एकता नरहेको आशय व्यक्त गरेका छन् । एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका भट्टले पार्टीभित्र एकता कायम भए सुदूरपश्चिमका सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जित सम्भव हुने बताएका हुन् । तर, एकता नहुँदा हाल प्राप्त दुई सिट समेत गुमाएर पार्टी शून्य सिटमा झर्न सक्ने चेतावनी पनि उनले दिएका छन् ।

नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सचिव भट्टले पार्टीमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको बताए । यस्तो अवस्थामा जनवर्गीय सङ्गठनहरू सक्रिय भएर अग्रपङ्क्तिमा उभिनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । उनले भने, ‘पार्टी सङ्कटमा पर्दा हामी सबै अग्रपङ्क्तिमा उभिनुपर्छ। एमाले अहिले पनि बलियो बन्दै गएको छ । त्यसैले पार्टीमाथि घेराबन्दी भइरहेको छ। पार्टीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्रीमाथि समेत आन्तरिक र बाह्य रूपमा दबाब दिइएको छ, त्यसको प्रतिकार गर्न हामी सबै एकजुट हुनुपर्छ।’ सचिव भट्टले पार्टी अध्यक्षको आत्मबल र सक्रियता सबैका लागि प्रेरणादायी भएको उल्लेख गर्दै भने, ‘उहाँ देश निर्माणमा समर्पित हुनुहुन्छ। दिनको २० घण्टा काम गर्नुहुन्छ। यस्तो नेतृत्वबाट खेलाडीहरूले पनि प्रेरणा लिनु पर्छ।’

dirghayi clinic

कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहालले पार्टीमा सङ्कट उत्पन्न भएका बेला महासङ्घको भूमिका महत्त्वपूर्ण हुने बताए। आगामी निर्वाचनमा एमालेलाई सशक्त बनाउन महासङ्घले सक्दो योगदान दिने प्रतिबद्धता उनले व्यक्त गरे। नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरपश्चिममा खेलकुद र खेलाडीहरूको ठुलो सम्भावना रहेको बताए। उनले समृद्धिका लागि खेलकुदलाई आर्थिक र सामाजिक विकाससँग जोड्नुपर्ने धारणा राखे । विशेषगरी क्रिकेट खेलमा यहाँ ठुलो सम्भावना रहेको भन्दै उनले स्तरीय क्रिकेट मैदान निर्माणको आवश्यकता औँल्याए ।

प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले एमालेले पछिल्लो समय खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको जनाउँदै सुदूरपश्चिम प्रदेशको खेलकुद नीति निर्माणमा सरकार र सम्बन्धित निकायहरू गम्भीर हुनुपर्ने बताए । उनले सुदूरपश्चिममा खेलकुदको पूर्वाधार र नीतिगत सुधारमा राज्यको ध्यान केन्द्रित गरिनु आवश्यक रहेको बताए । खेलकुद महासङ्घका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज विष्णु चन्दले सुदूरपश्चिमको खेलकुद विकासका लागि महासङ्घ निरन्तर लागिरहेको बताएका थिए ।

कार्यक्रममा विभिन्न खेलकुदसँग सम्बन्धित व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । समापन मन्तव्य दिँदै महासङ्घ अध्यक्ष प्रकाश चन्दले सुदूरपश्चिमको खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिमा महासङ्घ निरन्तर क्रियाशील रहेको बताए । उनले नयाँ नेतृत्वले पनि यस अभियानलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
साभार : दिनेश खबर

Himal dental
सम्बन्धित
Loading...