

–रमेश वस्नेत

उमेर पुगेका युवा युवती पढेका छौ भनेर काम नगर्ने । बाबुआमा तर्साएर फोन बोक्ने । बाइक चढ्ने । कामलाइ सानो ठान्ने । १२ पास गर्ने बित्तिकै विदेश जान खोज्ने । विदेश गएर त्यहीं हेला गर्ने सानो ठान्ने काम गर्ने । उमेर पुगेका प्रत्येक युवा युवतीले काम गर्ने हो भने सहजै घर चल्छ । आफ्नो खर्च टर्छ । मात्र राज्यले जे काम गरे पनि बाँच्न पुग्ने तलब र पेन्सन हुने व्यवस्था गरि दिनु पर्छ । नागरिकहरूले कामलाइ सानो नठानी जे काम गर्न पनि तयार हुनु पर्छ ।

जबसम्म श्रम गर्न । आन्तरिक उत्पदान र निर्माण गर्न राज्य र नागरिक पछि पर्छ । तब सम्म दल , राजा या कुनै देवताको सरकार बने पनि जनताले चाहेको पुरा हुदैन । जमिन बाजो राख्ने विदेशको चामल खाने । उधोग नखोल्ने नचलाउने विदेशी जुत्ता र लुगामा सजिने यो प्रवृतिमा परिवर्तन ल्याइनु पर्छ । श्रम र मानवलाइ जात र कामको आधारमा विभेद गर्ने । हेला गर्ने सोच र व्यवहार नागरिकले नछोडे सम्म आमुल परिवर्तन हुन सक्दैन । यो तथ्य सत्य सबैले मनन गरौ र सच्चिन थालौ । बिज्ञ भन्ने । बुद्दिजिवी भन्ने । समालोचक भन्ने तर यथार्तता भन्दा बाहिर गएर आफ्नो स्वार्थ पूरा नभएको रिस फेर्ने भ्रम छर्ने काम रोकौ । समाज अराजक बनेको । जनतामा निराशा आएको यथार्तता भन्दा बाहिर गएर भ्रम , हल्ला गर्ने । बिना तथ्य आरोप लगाउने । त्यही आरोपमा सामाजिक सञ्जाल भर्ने ।
सरकार बाहिर भएकाले जे भने जे आरोप लगाए पनि साचो भन्ने ठान्ने राजनैतिक र सामाजिक प्रवृतिले अस्थिरता बढेको हो । बिना तथ्य बोल्ने र आरोप लगाइ समाज भाँड्ने । अराकजता द्वन्द निराशा निर्माण गर्ने व्यक्ति शक्तिमासथ राज्य , सरकार र समाज कठोर बन्नु पर्छ । आफु सुखका जीवन बिताउने । स्वादका परिकार खाने । अनि यस्तो उस्तो उल्टो कुरा गरेर समाज भाड्ने व्यक्ति र प्रवृति अति भयो । अव यसलाइ रोक्नु छेक्नु पर्छ । लोकतन्त्र गणतन्त्र छ भन्दैमा बिना तथ्य दुर्गाले बोल्दैमा । ज्ञानेन्द्रले पोल्दैमा सत्य हुन्छ र ? जस्लाइ दुःख अभाव के हो थाहा छैन ती सञ्जालमा रमाउने युवाको दिमाग भुटेर । पैसामा बिक्ने कथित संजालकर्ताहरू मार्फत गलत कुरा सञ्चार गराएर समाजलाइ द्वन्द र काटमारमा लैजाने जुन खेती गरिएको छ । यो अति भयो । अब रोकाउनु पर्यो । बाँकी आआफ्नो बुझाइ ।
