ghar sansar

कञ्चनपुरमा क्रान्तिकारी क्रान्तिकारी कम्युनिष्ट पार्टीको भ्रष्टाचार बिरुद्ध अभियान सुरु

khasi

महेन्द्रनगर । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला कार्यसमिति कञ्चनपुरले भ्रष्टाचार विरुद्धको अभियान थालेको छ । बैद्य निकट क्रान्तिकारी कम्युनिष्ट पार्टीले बिहिवारदेखि कञ्चनपुरमा भ्रष्टाचार बिरुद्ध अभियान शुरु गरेको हो ।

‘भ्रष्ट र भ्रष्ट्राचारीको अन्त्य गरौँ, भ्रष्टाचार बिरोधी अभियान सफल पारौँ’भन्ने मुल नाराका साथ बैद्य क्रान्तिकारी कम्युनिष्ट पाटीले भ्रष्टाचार बिरुद्ध अभियान शुरु गरेको सो पार्टीका जिल्ला इन्चार्ज राम बहादुर महरा(चिन्तक)ले बताए ।

dirghayi clinic

भीमदत्त नगरकोे महेन्द्रनगरमा शुरुवात गरिएको अभियान सबै क्षेत्रमा संचालन गरिने उनले बताए । ‘जताजतै भ्रष्टाचारै भ्रष्टाचार छ, यो भ्रष्टाचारले जनता हैरान छन, केही सीमित मान्छे मोटाएका छन, अब भ्रष्टाचार बिरुद्धको अभियान अघि बढाएर केही भ्रष्टाचार तह लगाउनेदेखि संस्थागत भ्रष्टाचार नियन्त्रणका लागि पाटीले दवावमुलक कार्यक्रम गर्छ, ‘उनले भने, ‘भ्रष्टाचार देश विकासको सत्रु भएकाले यसको जरै उखेल्नुपर्छ ।’

चिन्तकले यस अघि पाटीले जनसम्बन्ध अभियानसंगै अहिले भ्रष्टाचार बिरुद्ध अभियान संचालन गर्न लागेको बताए । गाँउदेखि सिहदरबार केन्द्रसम्मै काण्डैकाण्डले मुलुकमा भयाभह अवस्था सृजना गरेकाले पाटीले कञ्चनपुर सहित देशभर अभियान संचालन गरिएको बताए ।

उद्घाटन कार्यक्रममा जिल्ला इन्चार्ज राम बहादुर महरा(चिन्तक) सहित, पार्टी १ नम्बर ब्यूरो सेक्रेटरी हरि सुवेदी, जिल्ला संयोजक विष्णूराम नेपाली सहितका नेताहरुले सम्बोधन गर्दै भ्रष्टाचार बिरुद्धको अभियानमा साथ सर्मथनका लागि अपिल गरेका गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...