ghar sansar

पुनर्वासमा प्रादेशिक रङ्गशाला बनाउन सांसद तामाङको माग

khasi

महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तारालामा तामाङले सुदूरपश्चिममा प्रादेशिक रङ्गशाला बनाउनका लागी अध्ययन थाल्न सरकार सँग माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद तामाङले प्रादेशिक रङ्गशाला बनाउन पुनर्वासमा ७४ बिघा जमिन रहेकाले जसका लागि अध्ययन गरिनुपर्ने बताएका हुन् ।

अध्ययनका लागि प्रस्ताव गर्न, निश्चित बजेट विनियोजन गर्न सांसद तामाङले सरकारसँग माग गरे ।

dirghayi clinic

खेलकुदलाई सम्मान गर्न सरकारले विगतका भन्दा आगामी वर्षमा दोब्बरले बजेट विनियोजन गरेको सन्दर्भमा सुदूरपश्चिम प्रदेशमा रङ्गशाला बनाउनका लागि अध्ययन थाल्न उहाँले माग गरे ।

आगामी वर्षका लागी उपयोगी हुने गरी बजेट विनियोजन गरिएको उनले बताए ।

सांसद तामाङले सीमा नाका भएर मित्र राष्ट्र भारतबाट लागू औषध भित्रिने गरेकोले गृह मन्त्रालयलाई यसको न्यूनीकरणमा लाग्न आग्रह गरे ।

एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत हुनुपर्ने १५ श्यैयाको अस्पताल, सघन सहरी विकास कार्यक्रमहरूलाई बस्ती विकास कार्यक्रम अनुसार राखिएकाले ती कार्यक्रमलाई शीर्षक अनुसार राख्न पनि उनले आग्रह गरे ।

Himal dental
सम्बन्धित
Loading...