ghar sansar

नगर सभा सुरक्षा कडा बनाउन भीमदत्तका मेयरलाई एमाले नगर अध्यक्ष चन्दको आग्रह

khasi

महेन्द्रनगर । नेकपा एमाले भीमदत्त नगर कमिटी अध्यक्ष हिमाल चन्दले असार १० गते हुने नगर सभामा सुरक्षा व्यवस्था बनाउन मेयर पदम बोगटीलाई आग्रह गरेका छन् ।

dirghayi clinic

एमालेबाट निर्वाचित भीनपा १८ का वडा अध्यक्ष रविन्द्र देबकोटा आफूलाई असुरक्षा भएको भन्दै बैठक छाडेर बाहिर निस्किएपछि नगर अध्यक्ष चन्दले सामाजिक सञ्जालबाट सुरक्षा व्यवस्था कडा बनाउन आग्रह गरेका हुन् ।

‘भीमदत्त नगरकार्यपालिका को बैठकवाट आज वडा न १८ का अध्यक्ष रबिन्द्र देवकोटा लाई लखेटेको खबर आयो मेयर उप मेयरले निरीह भएर मुकदर्शक बने पनि यो ललकार नेकपा एमालेलाई स्वीकार छ । जन निर्वाचितले जनताका कुराराख्न नपाउने नै हो कि कहा गएर राख्ने बहुमतको दम्भ हो भने १० गते हुने नगर सभामा सुरक्षा व्यवस्था कडा नै गर्नु होला’ उनले भनेका छन् ।

Himal dental
सम्बन्धित
Loading...