ghar sansar

आफ्ना वडा अध्यक्षमाथि कार्यपालिका बैठकमा दुव्र्यवहार गरिएको भन्दै एमाले आक्रोशित, भीमदत्तको कार्यालय प्रवेशद्वरमै धर्ना

khasi

महेन्द्रनगर । आफ्नो पार्टीका वडा अध्यक्षमाथि भीमदत्त नगरपालिकाको कार्यपालिका बैठकमा दुव्र्यवहार भएपछि एमाले आक्रोशित भएको छ ।

एमाले भीमदत्त नगर कमिटीले सोमबार दिउँसो भीमदत्त नगरपालिका कार्यालय प्रवेश निषेध गरी झण्डै दुई घण्टा धर्ना दिएको छ ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी र प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम धर्ना अघि कार्यालय बाहिर निस्कि सकेका थिए ।

भीमदत्त नगरपालिकाको १२ औं नगर कार्यपालिका बैठकमा भीनपा १८ वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटा र भीनपा ११ का वडा अध्यक्ष प्रकाश थापाबीच विवाद भएको थियो ।

अध्यक्ष देबकोटाले मेयर बोगटीसित आफ्नो वडाको योजना सम्बन्धि बजेट माग गर्ने क्रममा थापाले विरोध गरेपछि विवाद भएको थियो । त्यसपछि थापाले आफूलाई बाहिर हिँड जे पनि गरि दिन्छु भनेको भन्दै उनी कार्यपालिका बैठक छाडेर निस्किएका थिए ।

वडा अध्यक्ष देवकोटाले आइतबार साँझ वडा कार्यालयमा पत्रकार सम्मेलन गरी आफूमाथि दुव्र्यवहार भएको बताएका थिए ।

वडा अध्यक्ष देवकोटामाथि दुव्र्यवहार भएपछि एमाले नगर कमिटीले सोमबार दिउँसो कार्यालयमा धर्ना दिएको हो ।

धर्ना कार्यक्रमलाई एमाले भीमदत्त नगर कमिटी अध्यक्ष हिमाल चन्द, उप सचिव विवेक भट्ट, महिला नेतृ भुवन कुँबर लगायतले सम्बोधन गरे ।

एमाले नगर अध्यक्ष चन्दले देवकोटामाथि गरिएको दुव्र्यवहार सहन नसकिने बताए ।

dirghayi clinic

भीमदत्तको वर्तमान नेतृत्वले अघिल्लो कार्यकालका ठूला विकास निर्माण योजनालाई वेवास्ता गरी टुक्रे र वितरणमुखी योजनालाई ध्यान दिएको आरोप लगाए ।

नगर अध्यक्ष चन्द अघिल्लो कार्यकालमा भीमदत्तका नगर प्रवक्ता थिए । उनी २०७४ को निर्वाचनमा भीनपा १७ बाट निर्वाचित भएका थिए ।

भीमदत्तमा मंगलबार नगर सभा हुने तयारी गरिएको छ । नगर सभाको पूर्व सन्ध्यामा नगर पालिका कार्यालय धर्ना दिइएको हो ।

नगर सभाबाट आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित हुने बताइएको छ । आइतबार कार्यपालिका बैठकमा मंगलबार हुने नीति तथा कार्यक्रममाथि छलफल लगायतका कार्य सूची थियो ।

वडा अध्यक्ष देवकोटामाथि कार्यपालिका बैठकको मर्यादा मिचेर वडा अध्यक्ष देवकोटामाथि बहुमतको आडमा दुव्र्यवहार गरिएको निष्कर्ष एमालेले निकालेको छ ।

एमाले नगर अध्यक्ष चन्दले बहुमतको आडमा देवकोटामाथि दुव्र्यवहार गरिएको बताए । ‘यो बहुमतको आडमा गरिएको दुव्र्यवहारको हो,यो पार्टीलाई कुनै हालतमा सह्य हुँदैन’ उनले भने ।

धर्नामा एमाले केन्द्रीय लेखा आयोग सचिवालय सदस्य ईश्वरी प्रसाद खरेल, एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर विश्वकर्मा लगायतका नेता सहभागी भएका छन् ।
भीनपा १८ का वडा अध्यक्ष देवकोटा पनि धर्ना स्थलमा पुगेका छन् । उनी एमाले जिल्ला कमिटी सचिवालय सदस्य हुन् ।
एमालेको धर्ना हुँदा भीनपा ११ का वडा अध्यक्ष प्रकाश थापा पनि नगरपालिका पुगेका छन् । उनले आफूले वडा अध्यक्ष देवकोटामाथि कुनै नराम्रो व्यवहार नगरेको बताए । ‘त्यहाँ अरु पनि छन्, वहाँहरुलाई सोधे हुन्छ’ उनले भने ।

आइतबार कार्यपालिका बैठकमा आर्थिक विधेयक र आर्थिक ऐनमा छलफल गरी पारित गरेपछि अध्यक्ष देबकोटाले पूर्वाधार विकास शाखा अन्र्तगतको बजेटमा वडाका दुई योजनाका लागि मेयर बोगटीसित माग राखेका थिए ।

ती दुई योजानमा लक्ष्मी माध्यमिक विद्यालयदेखि खैरभट्टी र शिव पार्वती टोलको सडक निर्माण छन् । ती दुई सडक निर्माणका योजनाका लागि माग राखेपछि वडा अध्यक्ष थापाले विरोध गरेपछि बैठकमा चर्काचर्की भएपछि बैठक छाड्ने अवस्था आएको हो ।

वडा अध्यक्ष देबकोटाले थापाले १८ नम्बर वडामा संघ र प्रदेश सरकारको बजेट पनि भएकाले बजेट दिनु नहुने भन्दै विरोध गरेको वडा अध्यक्ष देवकोटाले बताएका थिए ।

Himal dental
सम्बन्धित
Loading...