ghar sansar

सरकारका आलोचक नभई सत्ता साझेदार र सुधारक हौं, सरकारको ध्यानाकर्षण जरुरी छ

little buddha academy
khasi

राजेन्द्र सिह रावल

माननीय सभामुख महोदय

,orning glory badhai

आज हामी आ.व. ०८२÷०८३ को यस प्रदेशको बजेट माथि छलफल गरिरहेका छौं । सर्वप्रथम वार्षिक आय र व्ययको अनुमान माथि छलफलमा सहभागी हुने अवसर दिनु भएकोमा हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु ।

बजेट प्रदेशको आर्थिक दस्ताबेज मात्र होइन्, यो हाम्रो प्रादेशिक दृष्टिकोण, नीतिगत तथा ब्यवहारिक मार्गदर्शक निर्देशन पनि हो । बजेट सरकारको एक आर्थिक वर्षको लागि आय र व्ययको अनुमान हो । जसमा राजस्व, कर, सेवा, दस्तुर, शुल्क, अनुदान आदि । आम्दानी र विषयगत क्षेत्र र मन्त्रालयगत खर्चको अनुमान सरकारका नीति, प्राथमिकता, सिद्धान्त र विकास रणनीति अनुरुप सार्बजनिक गरिन्छ । यो पूँजीगत र चालु आय, व्यय शीर्षकहरुमा बिनियोजित हुने गर्दछ । अर्थात यो सरकारको नीति, प्राथमिकता, दृष्टिकोण र प्रतिवद्धताको प्रतिविम्व हो ।

हामी संलग्न पार्टी नेकपा (एमाले) को दृष्टिमा बजेट जनताको आकांक्षा र संर्घषको प्रतिविम्वका रुपमा प्रकट हुनु पर्दछ । र, यसले जनतालाई केन्द्र भागमा राखेर आजको हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यबस्था, समावेशीता, समानता, लोककल्याणकारी राज्यको मान्यता, समाजवाद न्याय, भौगोलिक समानता र आत्मनिर्भरताको घोतक बन्न सफल हुनु पर्दछ ।

हाम्रो विचारधाराले राज्यको सम्पत्तीमा जनताको स्वामित्व हुनुपर्दछ । तसर्थ बजेट बिनियोजनमा राखिएको हरेक रकममा जनताको हक र अधिकार रहनु पर्दछ । यो रकम जनताको सर्वोपरि हितमा उपयोग गरिनु पर्दछ ।
सभामुख महोदय,

बजेट, शोषणको अन्त्य गर्ने, बर्गीय, जातीय, लैंगिक र भौगोलिक असमानता घटाउने र सबै बर्ग, तह, र तप्काका जनतालाई समान अवसर प्रदान गर्ने माध्यम हो ।

महान दाशर्निक कार्ल माक्र्स का अनुसार, धेरै उपयोगी वस्तुको उत्पादनले धेरै मानिसलाई अनावश्यक बनाउछ ।
अर्थात बजेटले उत्पादनका साधनको सामाजिक स्वामित्वको सुनिश्चितता गर्नु पर्दछ । जसले गर्दा श्रमिकको शोषण नहोस् र सबैका लागि बराबरी अवसर होस् ।

भ्लादिमिर लेनिन भन्छन्, ‘बजेट शोषण अन्त गर्ने र श्रमिक बर्गलाई सशक्त बनाउने क्रान्तिकारी साधन बन्नु पर्दछ ।’
अर्थात बजेट धनी र गरिब बीचको खाडल पुर्ने, जनताको स्वामित्व बढाउने र सार्बजनिक सेवामा लगानी बढाउने माध्यम हो ।

dirghayi clinic

माओत्सेतुङका शव्दमा सरकारको हरेक बजेट नीति जनताको पक्षमा हुनुपर्दछ । र, यसले जनताको सेवा गर्नुपर्दछ । कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी केन्द्रीत हुनुपर्छ ।

चे ग्वेभाराले भनेका छन्, बजेट मानवताको भावनाबाट निर्देशित हुनुपर्छ । स्वास्थ्य, गरिबी निवारण, समानता र न्यायमा लगानी मैत्री हुनु पर्दछ ।

जन नेता मदन भण्डारीको परिभाषामा, ‘बजेट जनतालाई केन्द्रमा राख्ने, बहुदलीय संरचना भित्र समाजवाद निर्माण गर्ने उपाय हो । यो सामाजिक न्याय, क्षेत्रीय समानता र आत्म निर्माताको घोतक हो ।’ तसर्थ बजेट जनमुखी, समानतामुलक, सामाजिक सुरक्षायुक्त, उत्पादनमुखी र सार्वजनिक स्वामित्वका क्षेत्रहरु राज्यको नियन्त्रण राख्ने हुनुपर्दछ ।

सभामुख महोदय,

बजेटको प्राथमिकता हाम्रो राष्ट्रिय सोच, लक्ष्य, नीति र प्राथमिकता तथा प्रदेशको अधिनस्त रहनु पर्दछ ।
जुन ‘समृद्ध नेपाल र सुखी नेपाली’ रहेको छ । साथै यसले राष्ट्रको दीर्घकालीन आवधिक योजना, मध्यकालीन खर्च संरचना, अन्र्तराष्ट्रिय दिगो विकास लक्ष्य २०३० एवम् अन्र्तराष्ट्रिय प्रतिवद्धताहरु समेत लाई मध्यनजर गरेर आफ्नो प्रादेशिक आवधिक योजना, मध्यकालीन खर्च संरचना, आफ्ना सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रम र अन्य प्रादेशिक प्रतिबद्धताहरु अन्तरगत बसेर आय र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुपर्ने हुन्छ ।

(१) बजेटमा प्राथमिकताहरु कृषि, पर्यटन, उद्योग, युवा रोजगारी सृजना, आप्रवासन रोक्न तर्फ केन्द्रीत हुनुपर्ने हुन्छ ।
(२) यसले शिक्षा र स्वास्थ्यमा जनताको सर्वसुलभ पहुचमा ध्यान दिनुपर्ने हुन्छ । सबैका लागि निःशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहूँच आवश्यक छ ।
(३) श्रमको सम्मान गर्न, श्रमिक किसान, घरेलु कामदार, मुक्त कमैया, दलित श्रमिकको जीवनस्तर उकास्ने कार्यक्रम तर्फ बजेट लक्षित हुनुपर्ने हुन्छ ।
(४) आज प्रदेश सरकारले जेष्ठ नागरिक, अपांगता भएका नागरिक, गरिब र सीमान्तकृत वर्ग समुदायको सुरक्षणका कार्यक्रम ल्याउनु पर्दथ्यो । यसमा बजेटमा कमी रहेको छ ।
(५) सार्बजनिक स्वामित्व र आत्मनिर्भरताका लागि उर्जा, खानेपानी, खानी, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रहरुमा राज्यको नियन्त्रण र जनताको स्वामित्व बढाउने खालका कार्यक्रम बजेटमा देखिएको भए राम्रै हुन्थ्यो ।
(६) बजेटलाई बिकेन्द्रित गर्ने सवालमा स्थानीय तह, नीजि क्षेत्र, सहकारी क्षेत्र र सामुदायिक क्षेत्रलाई बित्तीय हस्तान्तरणमा भने सफलता नै प्राप्त भएको छ ।
सभामुख महोदय,
यो बजेट एक आर्थिक दस्ताबेज मात्र नभई प्रदेश सरकारको सिद्धान्त, नीति, प्राथमिकता, दृष्टिकोण र प्रतिबद्धताको प्रतिबिम्ब हो ।
सत्ता साझेदारको हैसियतले यो बजेटलाई हामीले गम्भीर र जिम्मेवार रुपमा जनपक्षीय दृष्टिकोणले विश्लेषण गर्न जरुरी छ ।
बजेटका सकारात्मक पक्षहरु :

 –यस बजेटमा कृषि, पर्यटन, उर्जा र पूर्वाधार विकासमा ध्यान दिइएको छ ।

– सामाजिक सुरक्षाका क्षेत्रहरु शिक्षा, स्वास्थ्य, मानवीय विकासलाई निरन्तरता दिइएको छ ।
– स्थानीय तहसँगको समन्वयलाई बजेट मार्फत अघि बढाउने यत्न भएको छ ।
– साक्षरताको सुदृढिकरण, प्राविधिक शिक्षाको बिस्तार, उच्च शिक्षामा सहयोग र सहकार्यलाई बढावा दिइएको छ ।

सुधारात्मक पक्षहरु : 
हामी सरकारका आलोचक नभई सत्ता साझेदार र सुधारक हौं । तसर्थ सुधारका पक्षमा आफ्ना आवाज बुलन्द गर्नु हाम्रो दायित्व पनि हो । तसर्थ, सुधारका निम्न पक्षहरुमा सरकारको ध्यानाकर्षण गर्न जरुरी छ ।
– बजेट खर्चको कार्यान्वयनको पक्ष गत आ.व.मा ७० प्रतिशत सम्म पनि पुग्न नसकेको तथ्यलाई गम्भीरतापूर्वक लिन आवश्यक छ ।
– यसवर्ष योजना छनौट, कार्यान्वयन

( सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधबार संसदमा राखेको धारणा )

Himal dental
सम्बन्धित
Loading...