

–महेश प्रसाद पन्त
जसले जेसुकै भनुन छाती खोलेर हिम्मतका साथ भन्न सकिन्छ समकालीन राजनीतिमा केपी कमरेड जस्तो राष्टवादी,दुरदर्शिता निर्धक्कताका साथ खुलेर कुरा राख्ने ब्याक्ती अरु कोहि छैनन् जतिबेला अदालतले आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर फरक फैसला गरेर प्रधानमन्त्री पद बाट हटाइएको थियोे तेतिबेला आमजनताको एउटै नारा थियो (चुच्चे नक्शाले के भन्छ केपी ओलि ल्याउ भन्छ)।जनताका सरोकारवाला कामहरु गर्दै जानुस् , जनताका सुखदुःखमा साथ दिनुहोस् जुनदिन गठबंधन बाट असहयोग हुन्छ राजीनामा दिनुहोस् तर सुनियोजित बिरोध र गालिगलोच बाट पाटीका नेता ,कार्यकर्ता आमजनताहरु आत्तिनु पर्ने अवस्था छैन किनकि “हाती हिन्दै गर्छ कुकुर भोक्दै गर्छ। नेतृत्व प्रती पुर्ण बिश्वास छ i am with kp oli…

#आफै माथि हानिएका ढुङ्गा जम्मा गरेर पर्खाल बनाउन सक्ने मान्छे हुन प्रधानमन्त्री केपी शर्मा ओलि।
#विपक्षीलाई घेराबन्दी गर्न दिएर,आफ्नै घेराबन्दी काे चक्रब्युहमा फसाउन सक्ने मान्छे हुन प्रधानमन्त्री ओलि।
#एउटा मात्र उपमा वा दृष्टान्त ब्यक्त गरेर विपक्षीकाे दिनभरिकाे भाषण खल्लाे बनाइदिने मान्छे हुन प्रधानमन्त्री ओलि ।
#अविश्वासकाे प्रस्तावलाई घाेलि घाेलि विपक्षीले निकालेकाे बिष,एक्लै पिउने मान्छे हुन प्रधानमन्त्री ओलि।”
#कराेडाै जनताको हितमा काम गर्दा केही मानिस पक्कै असन्तुष्ट हुन्छन,तर पनि ती मानिसहरूकाे रूवाइलाई वास्ता नगरि अगाडि बढनु पर्छ।राजनेताका पाइलाहरू यसरी नै अघि बढने गर्दछ।
#परिवारवाद र भ्रस्टाचारका खिलाफ लडाइ लड्दै जानुहोस।
#कुटनैतिक हस्तक्षेप र अर्थतन्त्रमा एकलौटी हस्तक्षेपको विवादको इतिहासमा पहिलो चोटि केपि वलीको पहिलो सरकारले डटेर सामना गरेको इतिहासमा दर्ज भइसकेको छ।
#नेपाली जनतालाई रास्ट्र- राष्ट्रियता र स्वाभिमानको सवालमा एकीकृत गराई भारतको नाकाबन्दी योजनालाई ध्वस्त बनाउदाको परिणाम स्वरुप नेपाली जनताले तत्कालीन नेकपा एमालेलाई स्थानिय निर्वाचनमा पहिलो पार्टी बनाइ बाम एकताको आधारशिला निर्माण गर्यो र लगभग दुइतिहाईको सरकार र एकीकृत नेकपाको गठन गराउने ब्यक्ति हुन प्रधानमन्त्री केपी ओलि।
#भारतिय नाकाबन्दीको बेलाको सम्माननिय प्रधानमन्त्रीको राष्ट्रियता प्रतिको अडान कालापानी,लिपुलेक,सुस्ता र अन्य विवादित सिमा क्षेत्रको विवाद समाधानमाको अडान नेपालको इतिहासमा दर्ज भैइ सकेको छ ।
#अब कुटनैतिक पहल बाट ल्याउने परियास जारी रहेको छ लिम्पियाधुरासहितको नेपालको नक्सा संविधानको अनुसूची–३ मा संसदबाट दुइतिहाई बाट पारित गराउने पहिलो प्रधानमन्त्री ओलि राष्ट्रियताको प्रतीक बन्न सफल…
#अब कुनै माइका लालले त्यो नेपालको नया पारित भइसकेको नक्सा संसदबाट दुईतिहाई बाट हटायर देखावस छ हिम्मत…
#विराेधीहरूलाई शुभकामना , अझै हाैसला प्रदान गर्नु हाेला।
#साल२०५८ देखि २०७१ सम्म एमालेलाई न यता न उता/ न भाले न पोथी भनी खिसीटिउरी गर्थें समाजमा जब २०७१को एमालेको ९औं महाअधिबेशन बाट केपी कमरेड अध्यक्ष भएपछि पाटीलाई निर्णय दिने अडान लिने शक्तिको रूपमा बिकास गरे एमालेलाई राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा राखे…
#धेरैले केपी कमरेड बाट थुप्रै स्वार्थ लिए कोहि मन्त्री , सांसद बने केही राजनीति नियुक्ति पाए , पाटीको ठुला पोस्टमा पुगे र कोहिले उहाँ को नामको दुरुपयोग गरिकन थुप्रै राजनीति लाभ लिए , केहीले दलाली काम गरे केहिले कमिसन धन्दाको सुरुवातगरे केहि योजना बेचुवामा लागे केही चंदा आतंकमा लागे…
#तर मैले उहाँको एक कप चिया पनि खाएको छैन न ब्यक्तिगत न घरपरिवारको लागि कुनै काम गराउन भनेको छु मजदुर सुकुम्बासी र गरिखाने बर्गलाई ब्यवस्थापन गर्नु पर्छ भनी माग र दबाबसमेत गरेको छु तर कुनै ब्यक्तिगत स्वार्थ लिएर छैन तेति मात्र होइन २०६२-६३ को आन्दोलन मा गोलि खादा मेरो शरीरमा ५०-६० गोलिका छर्रा छ्न तर पनि सरकारले मेरो उपचार गरोस् भनी अहिलेसम्म उहाँलाई भन्न् सकेको छैन बेला-बेलामा आफै उपचार गरिरहेको छु।
#तर जसले यहाँ केपी कमरेडका नाममा जिन्दगीभर विभिन्न स्वार्थ लिइ लुटि खाये आज उनहरुको कुरा सुन्दा लाज पनि लजाइ रहेको छ। यो विडम्बनापूर्ण परिस्थिति हो नेपालको राजनीतिमा यो सबै पाटीको रोग पनि हो अज पनि दुध खाई बीस बमन गर्ने धेरै छन केपी कमरेड वरपर तपाई सजक र सचेत रहनुपर्ने अवस्था छ।

#म केपी कमरेड देखि प्रभावित २०६३ तिर जब २०६२-६३ को आन्दोलन पश्यात पहिलो सयुक्त सरकार बन्यो उक्त सरकार का उपप्रधानमन्त्री तथा परराष्ट मन्त्री केपी कमरेड बन्नु भयो र तत्कालीन अनेरास्ववियुका केन्द्रिय अध्यक्ष आदरणीय दाइ खेमलाल भट्टराई अन्य दाइ हरु यज्ञ सुनुवार , रामकुमार बस्नेत र सोबियत ढकालको टोलीले म जनज्योति क्याम्पस महेन्द्रनगरमा ४ गोलि घाइते भएको म र पिएन क्याम्पस पोखरामा गोलि बाट घाइते भएकी गिता केसीलाई सरकारले उपचार गराउन पर्छ भनी भेटाउन लग्नु भएको थियोे उहाँ सङ्ग पहिलो पटक भेट भयो र परिचय पनि त्यससँगै उहाँले बोल्न सुरुवात गर्नुभयो हामी सबैको कुरा सुनेपछि उहाँको सरल बोलीमा जुनमिठासपन थियो म आफ्नो घाउको पिडा बिर्सेर केहि बेर हराए यो मेरो जिवनको एउटा महत्त्वपूर्ण पल थियो नेता पनि यति सरल हुँदा रहेछ्न भनी म निकै प्रभावित भए यसपछि २०६४ माघ तिर होला अनेरास्ववियुको केन्द्रिय कमिटीको बैठक पाल्पा भएको थियो उहाँ उक्त बैठकको प्रमुख अतिथि भैइ आउनुभएको थियो
#उहाँको ३ घन्टाको प्रशिक्षण बाट निकै प्रभावित भएको थिए उहाँको देश प्रतीको माया, भिजन , बिकास योजना इतिहासको ज्ञान बोल्नेशैली त्याग तपस्या र बलिदानिको भावना देखेर जुन २०६३ भन्दा पहिले उहाँ प्रती हेर्ने दृस्ठिकोण थियो ममा त्यो ९०% परिवर्तन भयो म गलत थिए पहिला तर यस्तो राष्ट्रिय भिजन भएको मान्छेलाई पाटीले यतिका बर्ष सम्म सडाउनुको साथै क्षमताको कदर नगरेको रहेछ भनि सोचे एकदिन उहाँ नेतृत्वमा आए देशले ठूलो फड्को मार्छ सोचेको थिए बर्तमानमा तेहि बाटोमा अगि बढी रहेकोे छ।
#आज मुलुक बिकासको गतिमा अगाडि बढेको छ रास्ट र राष्ट्रियताको भावना बढेको छ हामी महेन्द्रनगरको बोडर बस्छौं र भारततिर आवतजावत भैइरहन्छ पहिले जादा नेपालको प्रधानमन्त्रीको को हो भन्दा ती भारतीय नागरिकलाई थाहा हुन्थियन थाहा छैन भन्थे आजभोलि सोधपुछ गर्नुहोस् केपि ओलि भन्छन त्यो सब चुच्चे नक्साले गर्दा भएको हो।
#धरहरा निर्माण,रानी पोखरीको पुनर्निर्माण,सुरुङ मार्ग,भुकम्प पछीको पुनर्निर्माण विभिन्न गाउघरका बाटाघाटा ,ठुल ठुला करिडोर, तुइन मुक्त नेपाल,चाइना संग विभिन्न सम्झौता,एक दिनमा ३९८ वटा १५ शैया अस्पतालको उदघाट्न,लोडसेडिङ मुक्त ,युवाहरु लाई निरब्याजे रिन,बैंकमा बिना धितो certificate राखी लोनको ब्यवस्था,drypotको निर्माण आदि छदैछन अहिले उहाले देखेको कामको पहिलो पहलकदमी गरेको दैलेखमा ग्यास र पेट्रोल भएको पुष्ठि र जलजलेमा १ अर्ब १२ करोड ब्यारेल कच्चापदार्थ फेला परेको छ। यो केपी ओलिको सपना थियोे केही मतबुद्धिका हरु खिसीटिउरी गर्थें आज त्यो सपना प्रमाणीत भएको छ ।
#यसैगरी पानी जहाज,रेलमार्ग तथा अन्य बिकासका उहाँले देखेको सुखी नेपाली समृद्ध नेपालको सपना एकदिन अवस्य पूरा हुनेछ छ नया नेपालको पुनर्निर्माणको भिजन कसैसँग छैन समकालीन नेताहरुमा यसकारण बेमौसमी बाजा बजाएर देश र पाटीलाई कम्जोर पार्ने छुट कसैलाई छैन हो रचनात्मक विरुद्ध र सुझाब-सल्लाह दिन पाइन्छ गलतलाई गलत र सहिलाई सहि भन्न् पाईन्छ।
#तर ब्यवस्था माथि आच र नेतृत्व माथि घात कोहि सहदैन्न नेतृत्वलाई सुधार गरौं केहि कमि छन भने तर बर्तमान परिपेक्षमा नेतृत्व परिवर्तन संभावना छैन। सबै टेस्ट भैइसकेका नेता हुन टेस्ट भएका मध्ये कमरेड केपी ओलि नै ठिक छ्न यो म लाखौं जनता र कार्यकर्ताको भावना भनिरहेको छु ।
(लेखक एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य हुन् ।)

