

महेन्द्रनगर । एनएमबी बैंक महेन्द्रनगर शाखाले कञ्चन विद्या मन्दिर सामुदायिक कलेजले शुद्ध खानेपानीका लागि आधा दर्जन फिल्टर हस्तान्तरण गरेको छ ।
बैंकले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयका विद्यार्थीहरूका लागि वाटर फिल्टर प्रदान गरेको छ ।


बैंकका सिनियर एरिया मेजेनर सुशिल बहादुर सिह, शाखा प्रबन्धक खेमराज उपाध्यय, व्यवसाय अधिकृत अन्जु भट्टको उपस्थितिमा फिल्टर हस्तान्तरण गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक डा. राज कुमार साउँदलाई फिल्टर हस्तान्तरण गरियो । विद्यालयका प्रधानाध्यापक साउँदले बैंकले शुद्ध पिउने पानीका लागि वाटर फिल्टर प्रदान गरेकोमा विद्यालयको तर्फबाट बैंकलाई धन्यवाद दिए ।
उनले शुद्ध पिउने पानीले विद्यार्थीको स्वास्थ्य र उपस्थितिमा सुधार हुने विश्वास व्यक्त गरे । कञ्चनमा एक हजार ६ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

