ghar sansar

बेलडाँडीमा यसरी लगाईएको छ कानुनलाई धोती

khasi

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकामा सार्वजनिक खरिद निमावली मिचेर अस्वभाविक न्यून रकम कबोल गर्ने बोलपत्रलदाताति ठूला ठेक्का सम्झौता गरेको पाइएइको छ ।

महालेखा परीक्षकको कार्यालयले गरेको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक लेखा परीक्षणमा गाउँपालिकाले सार्वजनिक खरिद नियमावलीका प्रावधान विपरित चार ठूला योजनाको ठेक्का सम्झौता गरेको पाइएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ६५ उप नियम २ मा अस्वभाविक न्यून रकम कबोल गर्ने ठेक्का सम्झौता पालना गर्न पर्ने प्रावधान समावेश गरिएको छ ।

त्यस अनुसार बोलपत्र मूल्याङ्कन समितिले सन्तोसजक रुपमा कार्य सम्पादन गर्न नसक्ने गरी अस्वभाविक रुपमा न्यून रकम कबोल गरेको पाइएमा त्यसलाई जाँच गरी बोलपत्रदातासित दर विश्लेषण सहितको स्पष्टीकरण माग गर्न पर्ने व्यवस्था छ ।
बोलपत्रदाताले पेश गरेको स्पष्टीकरण सन्तोसजनक भएमा कबोल अंकको ८ प्रतिशतले हुने आउने कार्य सम्पादन जमानत लिएर ठेक्का सम्झौता गर्न सक्ने उल्लेख छ । स्पष्ीटकरण सन्तोसजनक नभएमा बोलपत्र मूल्याङ्कन समितिले बोलपत्र अस्वीकृत गर्न सम्बन्धित सार्वजनिक निकायलाई सिफारिश गर्न सक्ने व्यवस्था छ ।

गाउँपालिकाको मूल्याङ्कन समितिले अस्वभाविक रुपमा न्यून कबोल रकमका ठेक्काका बोलपत्रदातासित स्पष्टीकरण नसोधी ठेक्का सम्झौता सिफारिश गरिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महालेखाका अनुसार चार ठेक्कामा ३६ देखि ४६ प्रतिशतसम्म घटेर कबोल अंक प्रस्ताव गरी पेश गरिएका छन् । ती सबैसित गाउँपालिकाले ठेक्का सम्झौता गरेको छ ।

‘ लागत अनुमानको करव ५४ प्रतिशत लागतमा तोकिएको गुणस्तर र तोकिएको परिमाणको कार्य हुन नसक्ने अस्वभविक नदेखदा समेत बोलपत्र मूल्याङ्कन समितिले नियममा भएको व्यवथा अनुसार दर विश्लेषण सिहत स्पष्टीकरण माग गरेको देखएन । साथै कार्य सम्पादन जमानत समेत तोकिए बमोजम थप माग नगरी बोलप वीकृत गरी सझौता गरेको देखयो’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।

dirghayi clinic

झिलमिला सिँचाई हुँदै चवन्नी बजारसम्म सडक स्तरोन्नति पहिलो चरण ठेक्काको लागत अनुमान ९७ लाख ४० हजार भएकोमा ५३ लाख ६७ हजार ठेक्का सम्झौता गरिएको छ । यो ४५ प्रतिशत घटी हो । यसका लागि दोगडा भूमिराज कन्स्ट्रक्सनसित सम्झौता गरिएको छ ।

सडक स्तरोन्नतिको दोस्रो चरणमा पनि ४५ प्रतिशत घटीमा ठेक्का सम्झौता गरिएको छ । हुनैनाथ ४३ लाख ४२ हजारको ठेक्का २३ लाख ९७ हजारमा सम्झौता गरिएको छ ।

बेलडाँडी गाउँपालिका ४ को वडा कार्यालय भवन निर्माणका लागि जेकेइए एसबिडी ८१ लाख ४१ हजारमा सम्झौता गरिएको छ । ३८ प्रतिशत घटी कबुल गरेको यो ठेक्काको लागत रकम एक करोड ३१ लाख थियो ।

वडा नं. ५ को भवन निर्माण कार्य पनि जेकेइए एसबिडीसित सम्झौता गरिएको छ । १ करोड ३३ लाख लागत अनुमान गरिएको ठेक्कामा ८२ लाख २१ हजारमा सम्झौता गरिएको छ ।

महालेखाले गाउँपालिकालाई ठेक्का व्यवस्थापन गर्दा सम्भावित जोखिमको व्यवस्थापन गर्न सुझाव दिएको छ ।

बेलडाँडी गाउँपालिकामा काँग्रेस कञ्चनपुरका उप सभापति हरिशचन्द्र राना गाउँपालिका अध्यक्ष छन् । शिक्षण पेशा छाडेर आएका राना २०७९ को निर्वाचनमा अध्यक्ष निर्वाचित भएका हुन् ।

अध्यक्ष निर्वाचित भएपछि रानाले आर्थिक मितव्ययिता र आर्थिक कारोबार पारदर्शी बनाउने प्रतिवद्धता गरेका थिए ।

गाउँपालिकामा बीर बहादुर ऐर प्रमुख प्रशासकीय अधिकृत छन् । प्रमुख प्रशासकीय अधिकृतले बोलपत्र मूल्याङ्कन समितिको नेृतत्व गर्छन् ।

Himal dental
सम्बन्धित
Loading...