ghar sansar

पुनर्वासका स्वर्गिय क्षेत्रीको घरमा गएर नेशनल लाइफले दियो धर्मपत्निलाई २७ लाख ६१ हजार मृत्यु दाबी रकम

little buddha academy
khasi

महेन्द्रनगर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको धनगढी शाखाले बीमित डम्बर बहादूर क्षेत्री को परिवारलाई ३० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीमा २०७८ माघ २९ गते २५ लाखको बीमा गरेका पुर्नवास नगरपालिका ६ का डम्बर बहादुर क्षेत्रीको गत वर्ष चैतमा मृत्यु भएको थियो ।

,orning glory badhai
dirghayi clinic

कम्पनीले बीमित क्षेत्रीको श्रीमति सुष्मा क्षेत्रीलाई २७ लाख ६१ हजार ५७७ रुपैयाँको चेक घरमै गएर हस्तान्तरण गरेको छ । बीमितले गरेको २९ लाख ९३ हजार ३ सय ३३ रुपैँया दाबी रकमबाट उनको ऋण २ लाख ३१ हजार ७ सय ५६ घटाएर कम्पनी उक्त रकमको चेक हस्तान्तरण गरिएको छ ।

कम्पनी का सुदुरपश्चिम प्रदेश प्रमुख नबिन किशोर भट्ट सहित धनगढी शाखाका कर्मचारी, अभिकर्ता तथा २ दर्जन भन्दा बढी स्थानीयको उपस्थिति मा कम्पनीले एक कार्यक्रम गरी दाबी भुक्तानी गरेको हो ।

प्रदेश प्रमुख भट्टले जीवन बिमा आफ्नो भविष्य को‌ लागि बचत गर्ने प्रक्रिया संगै आफ्नो अनुपस्थितिमा मा परिवारमा आर्थिक संकट हुन नदिने सर्वोत्तम बचत रहेको बताए ।

 

Himal dental
सम्बन्धित
Loading...