

महेन्द्रनगर । दोधारा चाँदनीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेका एमालेक पूर्व वडा अध्यक्ष नर बहादुर सुनार फर्किएका छन् ।
बुधबार दोधारा चाँदनीका एमाले नेताहरुसित आफू आफूले रास्वपा प्रवेश नगरेको भई जबरजस्ती प्रवेश गरेको सामाजिक सञ्जालमा प्रचार गरिएको बताएका हुन ।

एमाले फर्किएका उनी रास्वपाका दोधरा चाँदनीका नगर सभापति पुरन कुमालमाथि खनिएका छन् । उनले कुमालले नै आफ्नो पार्टी परिचय पत्र सामाजिक सञ्जाल राख्दैँ पार्टी प्रवेश गरेको सार्वजनिक गरेको बताएका छन् । उनले आफूलाई फर्जी कागज बनाएर प्रवेश गराएको आरोप लगाएका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा पार्टी फर्र्र्किएका उनी २०७४ को स्थानीय निर्वाचनमा एमालेबाट दोधरा चाँदनी–१० को वडा अध्यक्ष निर्वाचित भएका थिए ।
‘लामो समय पार्टीमा छु, म जिम्मेवार मान्छे पनि हो, कुनै पार्टी प्रवेश गरेको, सभामा गएको छैन्, उनले भने ‘म हिजो एमाले थिए, आज पनि एमालेमै रहन चाहान्छु, केही दुविधामा नरहनु होला ।’
