


महेन्द्रनगर । नेकपा माओवादी केन्द्र सम्बद्ध योङ्ग कम्युनिष्ट लिग(वाईसियल)नेपाल कञ्चनपुर इन्चार्जको जिम्मेवारी तिलक जप्रेलले पाएका छन् ।
वाईसियल केन्द्रीय समितिले जप्रेललाई जिल्ला इन्चार्जको जिम्मेबारी दिएको छ । इन्चार्ज जप्रेलले आफूले पाएको जिम्मेवारी पूरा गर्ने बताए ।

