

महेन्द्रनगर । काँग्रेस केन्द्रीय सदस्य एबम् पूर्व मन्त्री एनपी साउँदले भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मला पन्त प्रकरण अनुसन्धानलाई सार्थक रुपम अघि बढाएर दोषीलाई कानुनी कठघरामा ल्याउन सरकारसित माग गरेका छन् ।
पूर्व मन्त्री साउँदले सामाजिक सञ्जालमा सत्ता र शक्ति संरचनामा परिवर्तन आए पनि दोषीहरु पत्ता लाग्न नसकेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्–भिमदत्त नगरपालिका–२ उल्टाखाम कि किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको सात वर्ष पुरा भएकोछ । सत्ता र शक्ति संरचनामा आएका नियमित परिवर्तनहरुले पनि दोषीहरु कानूनको दायरामा आउन सकेनन । पीडा र बेदनाको अश्रुपूर्ण आहालमा डुबेको परिवार र आफन्तका लागि यो स्मृति दिवस बदलिएको समय चक्रमा नयाँ बज्रपातको रुपमा हरेक वर्ष फेरि फेरि आउदै गरेको छ। सरकारलाई अनुसन्धान सार्थक रुपमा अघि बढाएर अपराधीलाई न्यायको कठघरामा ल्याउन पुनः घच्घच्याउन चाहन्छु ।
नाबालिग पिडीता निर्मला प्रति श्रद्धा सुमन ! परिवारमा फेरि पनि हार्दिक समबेदना !!

