ghar sansar

प्रधानमन्त्री कैलाली आउँदै, कटासे जल विद्युत उद्घाटन गर्ने

khasi

महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज कैलाली आउदै छन् । प्रधानमन्त्री ओली कैलाली आउन लागेका नेकपा एमाले सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दले बताए ।

dirghayi clinic

उनी जल विद्युत् आयोजनाको उद्घाटनका लागि कैलाली आउन लागेका हुन्। कैलाली जिल्लाको जानकी गाउँपालिका–९ मा निर्मित कटासे हाईड्रोपावरको उद्घाटन गर्न ओली कैलाली आउन लागेका चन्दले बताए ।

कैलाली पुगेर ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यस पछि प्रधानमन्त्री ओलीले कटासे हाईड्रोपावरको उद्घाटन गर्ने छन् ।

Himal dental
सम्बन्धित
Loading...