

महेन्द्रनगर । एमाले बेलौरी नगरपालिका ४ नं. वडा कमिटीको नेतृत्व रितु गैरेले पाएकी छन् । वडा कमिटीको दोस्रो अधिवेशनबाट गैर सर्वसम्मत अध्यक्ष चयन भएकी छन् ।
गैरे नेतृत्वको २१ सदस्यीय कमिटीका पदाधिकारीमा अधिकाँश महिला छन् । एमालेले यसलाई पार्टीको समावेशी नेतृत्व सुदृढ बनाउने उद्देश्य सहित कमिटी चयन गरिएको बताएको छ ।

वडा कमिटीका चार पाँच पदाधिकारी सचिव गणेश प्रसाद सुवेदी बाहेक सबै महिला छन् । उपाध्यक्षमा शोभा राना, दुई उप सचिवमा कमला रिजाल र पूजा चौधरी राना छन् ।

रेखा राना, ठाकुरप्रसाद पौडेल, बुद्धिराम चौधरी, विपन राना, हरिलाल राना, इन्द्र सुवेदी, हरिलाल गैरे, विमला बिक, कुस्मा राना र तुलसी महत्तम कमिटी सदस्य छन् । एमाले विधान अनुसार वडा कमिटीमा ६ जना सदस्य मनोनित हुने छन् ।
बेलौरीको शान्तिपुरस्थित पोखरी कटेजमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य रामबहादुर स्वर्णकारको प्रमुख आतिथ्यमा अधिवेशन गरिएको छ ।
अधिवेशनमा एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट, जिल्ला सचिवालय सदस्य धनेशदत्त पन्त, जिल्ला कमिटी सदस्यहरु गीता जैसी, लालबहादुर चौधरी, सुरेन्द्र शाही लगायतका नेता सहभागी भएका छन् ।
यसैगरी एमाले बेलौरी नगर कमिटी अध्यक्ष नमराज शाही, उपाध्यक्ष सहवीर महत्तरा, सचिव हस्तबहादुर बिक, उपसचिव मिस्रीलाल राना, जिल्ला सल्लाहकार समिति सदस्य अर्जुन ढकाल, राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालका केन्द्रीय सदस्य कृष्णनाथ योगी लगायत नेता पनि अधिवेशनमा सहभागी भए ।
बेलौरी बजार सहितको यो वडालाई एमालेको किल्ला मानिन्छ । २०७४ को स्थानीय तह निर्वाचनदेखि लगातार एमाले अर्जुन ढकाल वडा अध्यक्ष छन् ।

