

महेन्द्रनगर । भारतीय नम्बर प्लेटका टयाक्सीले नेपालमा यात्रु बोक्ने नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतीय पहँलो नम्बर प्लेटका टयाक्सीलाई यात्रु ओसारपसार गर्न नदिने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल नेतृत्वको यातायात व्यावस्थापन समितिको बैठकले भारतमा दर्ता भएका र दुर्घटना बीमा नभएका टयाक्सीलाई नेपालमा यात्रु ओसारपसार गर्न नदिने निर्णय गरेको हो ।


साउन ७ गते बसेको बैठकको निर्णय सार्वजनिक गरिएका छन् । बैठकमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय,सुनौलो महाकाली यातायात,नमस्ते शुक्लाफाटा यातायात,यातायात ब्यावस्थापन कार्यालय,माहाकाली यातायात प्रा.लि,पवनदुत यातायात प्रा.लि,पवनदुत अटोमेनेजमेन्ट, नमस्ते शक्लाफाटा यातायात प्रा.लि,डिभिजन सडक कार्यालयका प्रतिनिधि सहभागी भएका छन् ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सरोकारवाला निकायसंग जेठ ७ गते को बैठकले भन्सार महसुल ऐन २०८१ मा भारतीय नम्बर प्यलेट टेक्सीहरुले नजिकैको बजारमा गई किनमेल गरेर फर्कने बुँदा प्रष्ट भए पनि भारतीय टयाक्सी यात्रु बोक्ने गरिएकाले गरेको बताए ।


