

–पशुपति जोशी(पूजा)
बालबालिका आफैं बिग्रँदैनन बाबुआमाका नजरमा छोराछोरी बिग्रिए । सोचे अनुरूप पढि दिएनन् पढाइमा रुचि छैन । भनेको मान्दैनन् । शिक्षकका नजरमा विद्यार्थी बिग्रिए अनुशासन छैन, नैतिकता छैन ,राम्ररी पढेनन् ,होहल्ला, फेशबुक ,पब्जि, टिकटक मोजमस्तीमा मात्रै भुले आजको बुझाइ यही छ । विद्यालय छन ,शिक्षक छन, विद्यार्थी छन, शिक्षा छैन , शिक्षकले पढाएनन धेरै जसो अभिभावकको गुनासो आउछ। शिक्षक भन्छन्– अभिभावकले संस्कार दिएनन, दुवैको पन्छिने कुरा मारमा बालबालिकाहरु पर्दछन् ।
बालबालिका आफैं बिग्रिँदैनन् बिग्रनु र सप्रनुको ज्ञान उनीहरूमा हुँदैन उनीहरू सिक्छन्– जे देख्छन् उनीहरू सिक्छन्– जे हामी गर्छौं । हामीले भनेका कुरा राम्रा छन् । त्यो उनीहरूले सुनेको कुरा हामीले गर्ने व्यवहार कस्तो छ ? त्यो उनीहरूले देखेको कुरा हामीबाट उनीहरूले के पाएका छन् ? त्यो उनीहरूले भोगेको कुरा मानव मस्तिष्कले सुनेको कुरा चाँडै बिर्सन्छ । देखेको कुराअलि लामो समय सम्झन्छ । भोगेको कुरा चिर स्थायी हुन्छ ।
अभिभावकले आदेश सुनाउँछौं शिक्षकले आदर्श सुनाउँछौं पढाइका क्रममा हामी बालबालिकालाई सुनाइरहेका छौं । दिक्क लाग्दा कुरा व्यावहारिक छैन कथाजस्तो रोचक पनि छैन ।
विषयवस्तुलाई कथा बनाएर पढाऔं रुचि जाग्छ । बालबालिका भाषण सुन्न चाहँदैनन त्यसमा मजा छैन एक दिन विषयवस्तुलाई कथा बनाएर एक दिन पढाई हेरौं ?त्यो दिन हाम्रा लागि शैक्षिक जीवनको अविस्मरणीय हुनेछ सुन्न सक्ने समय कति हो ? कसैले दर्शन, विचार वा आदर्शका विषयमा दिएको भाषण सुन्ने क्षमता मानिसमा कति हुन्छ ? बढीमा १२ मिनेट वयस्कमा सात मिनेट बालकमा शुन्य यसको अर्थ भाषण विधि काम लाग्दैन शिक्षकले बुझ्नुपर्ने ।
हाम्रो समाज आदेशमुखी छ सानालाई ठूलाले आदेश दिने सानाले केही जानेको छैन । उसका सबै कुरा गलत । हाम्रा सबै कुरा ठीक । यही आदर्शले हामीलाई निर्देशित गरेको छ यही आदर्शको अनुकरण हामी गर्छौं । बालबालिकालाई ‘तँ’ भनेर सम्बोधन गर्छौं ऊबाट आफूलाई ‘तपाईं’ भनाउँछौं । आफू सम्मान चाहने, अरूलाई सम्मान नगर्ने कस्तो हाम्रो सोच?आफू सम्मान चाहनेले पहिले अरूको सम्मान गर्न सिक्नुपर्छ’ भनाइ ठीक छ तर गराइ ? अभिभावकबाट बालबालिकाले संस्कार सिक्छन् । संस्कार अरूले सिकाउने होइन । बालक अभिभावकसँग कुरा गर्न चाहन्छ । कुरा गर्न समय दिऔं । ऊ मन फुकाएर बाबुआमासित कुरा गर्न चाहन्छ । साथमै रहेर पनि बाबुआमाले आफूलाई समय नदिएपछि बालबालिका निराश हुन्छन् ।
केटाकेटी ठानेर उनीहरूका अगाडि झूटो नबोलौं । फोनमा कुरा गर्दा सत्य बोलौं । खराब लत छ भने त्यागौं । सकिँदैन भने उनीहरूका अगाडि त्यस्तो लत नदेखाऔं । अर्थात् चुरोट, खैनी, रक्सी आदि खाने बानी छ भने यथाशक्य बालबालिकाका अगाडि प्रयोग नगरौं । उसको सम्मानमा ठोस नपु¥याऔं ।
सानो उमेरका बालबालिका भए पनि उसको आत्मसम्मान हुन्छ । सानो बच्चा ्केटाकेटीलाई किन चाहियो ?’ नभनौं उनीहरूको उमेर नै जिज्ञासु हुन्छ । प्रत्येक जिज्ञासाको सकारात्मक समाधान दिने प्रयास गरौं । विकसित राष्ट्रमा बालबालिकालाई ‘नगर’ भन्नु हुन्न रे । त्यो नकारात्मक भयो सकारात्मक सिकाऔं । उदाहरणका लागि बालबालिका कतै जान लागेका छ्न भने , हामी भन्छौं– त्यता नजा वा त्यता नजाऊ । यसैलाई सकारात्मक बनाउँदा कतै जान लागेको बालकलाई यता आऊ भनेर आफूतर्फ आकर्षित गर्दा सकारात्मक प्रभाव पर्छ रे । विज्ञका कुराहरु अभिभावकहरुले बुझ्नुपर्छ।
हामी कक्षामा हल्ला नगर भन्छौं । हल्ला नगर्ने वातावरण बनाइदिँदैनौं । कक्षामा नाच्न लगाऔं नाच्छन । गाउन लगाऔं गाउँछन चुट्किला सुनाऔं, हाँस्छन कथा सुनाऔं, कति मज्जाले ध्यान दिएर सुन्छन उनीहरुलाई आफ्नो बारेमा बोल्न लगाऔं, बोल्छन । परिवार, छरछिमेक, नातागोता, आमा–बाबाबारे भन्न लगाऔं, भन्छन अनि आफूतर्फ आकर्षित गरेर पढाइ सुरु गरौं, मान्छन हल्ला गर्दैन ध्यान दिएर पढ्छ्न ।
पढाइलाई समूहमा गराऔं । सबैलाई व्यस्त राख्ने प्रयत्न गरौं । एकपछि अर्कोको पालो आउँछ र आफूले अरूलाई ध्यान दिनुपर्छ भन्ने हेक्का जगाऔं । अर्काको सम्मान गर्ने बानी बसालौं बालबालिकाहरूलाई तपाईं भनेर सम्बोधन गर्नेबित्तिकै आधा समस्या समाधान हुन्छ । विषयवस्तुलाई रोचक बनाएपछि शतप्रतिशत समाधान हुन्छ । विधिका कुरा छन् , प्रविधिका कुरा छन् ,।

अहिले अमेरिकाको विधि नेपालमा प्रयोग गर्न सकिन्छ । त्यताको प्रविधि पनि प्रयोग गर्न सकिन्छ । केवल सिर्जनशील बन्न आवश्यक छ । कसरी हुन्छ, कक्षालाई रमाइलो बनाउने प्रयत्न गरौं । बालकहरू सामाजिक हुन्छन् । तिनको सामाजिकता र बाल्यकाल ध्वस्त नपारौं । इनारमा फसेको मान्छे निकाल्न इनारमै पस्नु आवश्यक छ । हामी ३५–४० वर्षका मानिसले नेताको राजनीतिक भाषण सुनेजस्तो बालबालीकाबाट अपेक्षा नगरौं ।
बालबालिका गैरजिम्मेवार बन्दैछन् व्यक्तिवादी बन्दै छन,अनैतिक बन्दैछन ,चरित्रहीन बन्दैछन् ,हामी भन्छौं, प्रविधिले बिगा¥यो , मोबाइलले बिगा¥यो बालबालिकाको हातमा प्रविधि कसले राखिदियो ? प्रविधिले कहिल्यै मान्छे बिगार्दैन । त्यसको सदुपयोग र दुरुपयोगमा भर पर्दछ। पछिल्लो समय मोबाइल एउटा अभिन्न अङ्ग जस्तै बनिसक्यो मोबाइल बिना हामी १० मिनेट पनि बाच्न सक्दै सक्दैन यो पनि एक किसिमको नासा जस्तै हो । मानिसहरु अहिले कुलतमा फसिसकेका छ्न । गाँजा, भाङ र रक्सी मात्रै कुलत होइनन् । मोबाइल, गेम, फेसबुक र युट्युब, प्पजी टिकटक प्रबिधि र बष् तययकि कुलतमा फसिसकेका छौ।
गाम्रै सस्कार हाम्रा नानिबाबुले सिकिसक्यो ।बच्चा रुदा पनि मोबाइल दिएर भुलायौ । बच्चा रुन थाल्यो कि मोबाइल हातमा दिन्छौ । आफूलाई सजिलो होस भनेर गेम खोलेर हामीले छाडिदिएका छौ । टिभी खोलिदिएर घरमै थुनी हामी बाहिर गएका हौं । होम वर्क गर भनेर उसलाई थर्काउँदै आफूले टिभी खोलेर हेरेका हौं । अनि फोन आउँदा उसैलाई फोन उठाउन लगाएर ममी वा बाबा घरमा हुनुहुन्न भन्न लगाएको कसले ? त्यो संस्कार हो कि होइन ? पहिलो र महत्त्वपूर्ण संस्कार त्यही हो– सत्य र असत्यको बीउ नरोपी बोट उम्रँदैन । बोट नउम्री फल लाग्दैन । हाम्रा नानीबाबुहरूमा नकारात्मकताको बीउ कसले रोपिदियो ? अनि कसले मलजल ग¥यो र फैलँदै छ नकारात्मकता ? एक छिन हामी अभिभावक र शिक्षकले गम्भीर भएर सोच्ने बेला भएको छ।
८ परिवारको प्रभाव
–बच्चाको पहिलो विद्यालय घर हो ।
–अभिभावकको बोली, व्यवहार, अनुशासन, प्रेम र मार्गदर्शनको ढाँचाले नै उसको सोच र आचरण निर्धारण गर्छ ।
–अभिभावकको उपेक्षा, अति लाड–प्यार वा गलत आदत देखाउने कार्यले बच्चामा नकारात्मक असर पार्छ ।
२. समाज र साथीको प्रभाव
––बालबालिकाले बाहिरी संसारमा देखेका, सुनेका कुरा सिक्छन ।
––खराब संगत, नकारात्मक मिडिया सामग्री, हिंसात्मक वातावरण आदिले बिग्रने सम्भावना बढाउँछ ।
३. शैक्षिक वातावरण
विद्यालयको शिक्षण शैली, शिक्षकको व्यवहार र पाठ्यक्रमको प्रकृतिले बच्चाको सोच बनाउँने वा बिगार्ने काम गर्दछ।
––अनुशासन, सकारात्मक गतिविधि र नैतिक शिक्षा नदिने विद्यालयमा बालबालिकामा गलत बानी बस्ने सम्भावना हुन्छ ।
बालबालिका जन्मिदा शुद्ध र निष्कपट हुन्छन् । उनीहरू आफैं बिग्रँदैनन्, तर वातावरण, व्यवहार र अनुभवको असरले बिग्रन सक्छन् वा राम्रो बन्न सक्छन् । त्यसैले परिवार, विद्यालय र समाजले मिलेर सकारात्मक, सुरक्षित र प्रेमपूर्ण वातावरण सिर्जना गर्नु पर्छ ।
