

महेन्द्रनगर । बेल्डाडीका हरि किसन राना मृत्यु प्रकरणमा दोषिलाई जोगाउन खोजिएको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका छ्न ।
उनीहरुले सोमबार इलाका प्रहरी कार्यालय बेल्डाडीमा प्रदर्शन गरे । प्रदर्शनकारीहरुले प्रहरी कार्यालभित्र पस्ने प्रयास गरे ।

हरि किसन रानाको घट्नाका दोषिलाई लुकाउन पाइदैन, यो सरकार चाहिदैन, दोषिलाई कार्वाही गर लगायत नारा उनीहरुले लगाए ।
प्रहरी कार्यालयमा प्रदर्शनपछि उनीहरु धर्ना बसेका छ्न ।

चार महिना अघि राना बेलौरी नगरपालिकाको आर्यघाट नजिक जलेको अवस्थामा मृत भेटिएका थिए ।
बेल्डाडी गाउँ पालिका ३ का राना किसान हुन । भैंसी पालन व्यवसाय गर्दै आएका उनी दुध बेच्ने जाने क्रममा कलकत्ता नजिक मृत भेटिएका हुन ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआईबी र इलाका प्रहरी कार्यालयले राना मृत्युु प्रकरणको अनुसन्धान गरि रहेको छ ।
गत महिना जिल्ला प्रहरी कार्यालयमा गरिएको कार्यक्रममा प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले राना मृत्यु प्रकरण अनुसन्धान अन्तिम अवस्थामा पुगेको बताएका थिए ।
कंचनपुर निर्वाचन क्षेत्र न. १ का साङ्सद तारालामा तामाङगले राना मृत्यु प्रकरण छानबिन गरि दोषीलाई कानुनी दायरामा ल्याउन संसदमा माग गरेका थिए ।
