

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) को भीमदत्त नगर अध्यक्षमा आनन्द सिह धामी चयन भएका छन् ।

४९ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा नारु सिह, कमल नेपाली, गणेश चन्द, सचिव बीर बहादुर नेपाली, सह सचिव तेजेन्द्र ऐरी, आशा कुमारी चौधरी र कोषाध्यक्षमा शोभा टमटा चयन भएका छन् । माओवादी केन्द्र भीमदत्त नगरको दोस्रो अधिवेशनबाट नगर कमिटी चयन गरिएको छ ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अधिवेशन उद्घाटन गरेका थिए ।

