ghar sansar

बैकर्श क्लब महेन्द्रनगर पुर्नगठन, अध्यक्षमा नबिल बैंकका तपेन्द्र कुँवर

khasi

महेन्द्रनगर । कञ्चनपुर जिल्लामा अवस्थित विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको साझा संगठन बैंकर्स क्लब महेन्द्रनगरको पुनर्गठन गरि ११ सदस्यीय नयाँ कार्य समिति चुनिएको छ ।

समितिको अध्यक्षमा नबिल बैंकका शाखा प्रबन्धक तपेन्द्र कुँवर, उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका शाखा प्रबन्धक भुवन भट्ट र सानिमा बैंकका शाखा प्रबन्धक दिनेश सिंह कठायत छन् भने कोषाध्यक्षमा नेपाल बैंकका शाखा प्रबन्धक झविन्द्र अधिकारी, सचिव पदमा मुक्तिनाथ विकास बैंकका शाखा प्रबन्धक तिर्थ राज पाण्डेय र सहसचिवमा शाइन रेसुङ्गा विकास बैंक का शाखा प्रबन्धक वासुदेव पन्त छन्।

Anant bahu travels
dirghayi clinic

समिति सदस्यमा वीरेन्द्र सिंह कार्की – शाखा प्रबन्धक, सिद्घार्थ बैंक लिमिटेड,खेम राज उपाध्याय – शाखा प्रबन्धक, एनएमबि बैंक लिमिटेड, पुष्कर कुँवर – शाखा प्रबन्धक, प्राइम बैंक लिमिटेड, शंकर दत्त जोशी – शाखा प्रबन्धक, सिटिजन बैंक इन्टरनेसनल लिमिटेड र पवित्रा भट्ट – शाखा प्रबन्धक, लुम्बिनी विकास बैंक लिमिटेड छन् ।

यस क्लबले बैंकिङ क्षेत्रका कर्मचारीहरुको सशक्तीकरण, आपसी समन्वय, व्यावसायिक विकास तथा सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

उक्त क्लबले चार सदस्यीय एउटा सल्लाहकार समिति पनि चयन गरेको छ। उक्त समितिमा सुशील बहादुर सिंह – सिनियर एरिया म्यानेजर, एनएमबि बैंक लिमिटेड कर्ण देव जोशी – शाखा प्रबन्धक, राष्ट्रिय वाणिज्य बैंक, महेन्द्रनगर, योगेश कुमार भट्ट – शाखा प्रबन्धक, लक्ष्मी सनराइज बैंक लिमिटेड र तेजेन्द्र बहादुर के.सी – शाखा प्रबन्धक, एभरेस्ट वाणिज्य बैंक, महेन्द्रनगर छन् ।

नवगठित कार्यसमितिले बैंकिङ क्षेत्रको समन्वयात्मक विकास, वित्तीय साक्षरता, तालिम, सामाजिक गतिविधिहरू र पेशागत सम्बन्ध विस्तारमा ध्यान केन्द्रित गर्दै नियमित कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...