ghar sansar

एमाले नेता कार्यकर्तालाई पूर्व मुख्यमन्त्री रावलको चेतावनी

भने –या त अराजकता छोड्नु पर्छ, अन्यथा पार्टीले कारवाहीमा उत्रिनु पर्ने हुन्छ

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य राजेन्द्र सिंह रावलले मुलुक र पार्टी भित्रको अराजकताको अन्त्य आवश्यक रहेको बताएका छन् ।

नेकपा (एमाले) शुक्लाफाँटा नगर कमिटीको पूर्ण बैठकलाई शुक्रबार झलारीमा सम्बोधन गर्दै पोलिटब्यूरो सदस्य रावलले भने, “या त अराजकता छोड्नु पर्छ, अन्यथा पार्टीले कारवाहीमा उत्रिनु पर्ने हुन्छ ।”

,orning glory badhai

उहाँले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले निर्णय गरेर नै दुई पटक राष्ट्रपति बनाएको स्मरण गर्दै देशको सेवाको निमित्त उनलाई दोहो¥याएर राष्ट्रपति बनाएको र उपरान्त राजनीतिमा नआउन नै त्यहाँ पठाएको दाबी गरे ।

dirghayi clinic

“भण्डारीले के गर्ने भन्ने विषयमा पार्टी नेतृत्वसँग परामर्श गर्नुभएन । पार्टीको अध्यक्ष को हुने भन्ने सवाल नेतृत्वसँगको परामर्शमा हुने हो, व्यक्तिगत आकांक्षाले होइन्,” कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका रावलले भन्नुभयो, “अहिले उहाँको सदस्यता स्थगन गरिएको छ । जुन स्वभाविक हो ।”

पार्टीले भण्डारीलाई ससम्मान राष्ट्रपतिको गरिमामा नै बस्न र सम्मानित गर्दै “गणतन्त्र गौरब” को सम्मान प्रदान गरेको पार्टी पोलिटब्यूरो सदस्य रावलले बताए ।

नेकपा (एमाले) ले शुक्रबार एकै दिन तीन वटा नगर कमिटीको पूर्ण बैठक सम्पन्न गरेको छ । शुक्लाफाँटा नगर कमिटी, कृष्णपुर नगर कमिटी र भीमदत्त नगर कमिटीका पूर्ण बैठक सम्पन्न भएका हुन ।

पूर्ण बैठकहरुमा पार्टीका पोलिटब्यूरो सदस्यद्धय राजेन्द्र सिंह रावल र निरुदेवी पाल, केन्द्रीय सदस्यद्धय नर बहादुर धामी र कृपाराम रानालगायतले पनि सम्बोधन गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...