

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल आईतबार महेन्द्रनगर आउन लागेका छन् ।

नवौ जिल्ला अधिवेशनका प्रतिनिधि सहभागी हुने प्रतिनिधि परिषद् बैठक महेन्द्रनगरको ममताज पाटी प्यालेसमा आयोजना गरिएको नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष तथा पार्टी प्रचार विभाग प्रमुख जनकराज अवस्थीले बताए ।
उनका अनुसार बैठकमा नौँ अधिवेशनका दुई सय ६५ जनाको प्रतिनिधिको सहभागीता रहनेछ । प्रतिनिधि परिषद् बैठकमा एमाले महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहेका छन् ।
बैठकमा जिल्ला कमिटिको राजनीतिक प्रतिवेदन, संगठानीक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ । परिषद् बैठकले पार्टीको अगामी रणनीति र कार्यक्रमबारे छलफल हुने उपाध्यक्ष अवस्थीले बताए ।
