ghar sansar

एमाले महासचिव पोखरेल महेन्द्रनगर पुगे, ममताजमा एमाले प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्ने

khasi

महेन्द्रनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेल महेन्द्रनगर आएका छन् । एमाले कञ्चनपुरको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल महेन्द्रनगर आएका हुन् ।

उनी केही बेर अघि महेन्द्रनगर पुगेका छन् । ममताज पार्टी प्यालेशमा आयोजना गरिएको नवौ जिल्ला अधिवेशन प्रतिनिधि परिषद प्रथम बैठकलाई महासचिव पोखरेले सम्बोधन गर्ने छन् ।

western public academy

महासचिव पोखरेलसंगै एमाले केन्द्रीय सचिव एबम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरु पनि महेन्द्रनगर आएका छन् ।

dirhayu

धनगढी विमानस्थलमा महासचिव पोखरेललाई सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल, एमाले कञ्चनपुर इन्चार्ज निरुदेबी पाल लगायत नेताले स्वागत गरे ।

नवौ जिल्ला अधिवेशनका प्रतिनिधि प्रतिनिधि परिषद् बैठकमा पोखरेल प्रमुख अतिथि छन् ।

एमाले कञ्चनपुरका उपाध्यक्ष तथा पार्टी प्रचार विभाग प्रमुख जनकराज अवस्थीले बैठकमा नवौ अधिवेशनमा सहभागी दुई सय ६५ प्रतिनिधि सहभागी हुने बताए ।

बैठकमा एमाले जिल्ला कमिटिको राजनीतिक प्रतिवेदन, संगठानीक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ । परिषद् बैठकले पार्टीको अगामी रणनीति र कार्यक्रमबारे छलफल हुने उपाध्यक्ष अवस्थीले बताए ।

 

Himal dental
सम्बन्धित
Loading...