ghar sansar

विद्या विरुद्ध यसरी खनिदैछ एमाले

little buddha academy
khasi

महेन्द्रनगर । एमाले महासचिव शंकर पोखरेल सोमबार धनगढी फर्किएका छन् । एमाले जिल्ला कमिटीको प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न आएका उनी विहान धनगढी फर्किएका छन् ।

महासचिव पोखरेलले महेन्द्रनगर बसाईमा पूर्व राष्ट्रपति विद्यादेबी भण्डारी पार्टी फिर्ता हुन नपर्ने विषयलाई जोडतोडका साथ उठाएका छन् ।

,orning glory badhai

जिल्ला प्रतिनिधि परिषद् बैठकमा आइतबार महासचिव पोखेरेलले भण्डारीलाई मात्रै नभएर भविष्यमा हुने राष्ट्रपतिलाई समेत पार्टीमा फर्किन नपाउने गरी निर्णय गरिएको बताएका थिए ।

सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुरको पत्रकार सम्मेलनमा महासचिव पोखेरेले पूर्व राष्ट्रपति भण्डारीको पार्टी पुनरागमनलाई लिएर धारणा राखे ।

पत्रकार सम्मेलनमा पत्रकारहरुले पनि महासचिव पोखेरेलसित भण्डारीको पार्टी फिर्ता सम्बन्धि विवादलाई लिएर जिज्ञासा राखे ।

महासचिव पोखरेले पूर्व राष्ट्रपतिको पार्टी फिर्ताको विषय लोकतन्त्रको मूल्य र विधिसित जोडिएकाले व्यक्तिसित जोडेर छलफल गर्न आवश्यक नभएको बताए ।

उनले पूर्व राष्ट्रपति भण्डारीलाई जोडेर व्यक्तिगत रुपमा छलफल गर्न नेता कार्यकर्तासम्म जानकारी दिइएको उल्लेख गरे ।

‘यो लोकतन्त्रको मूल्यसित जोडिएको प्रश्न हो, र यसलाई व्यक्तिसित जोडेर छलफल गर्ने बहस गर्न विषय उचित होइन र  हामीले यसो गर्न हुँदैन भनेर  नेता कार्यकर्तालाई भनेका छौ’  पत्रकार सम्मेलनमा उनले भने ।

महासचिव पोखरलेले भण्डारी पार्टीमा फिर्ता हुन नपर्ने विषय सम्बन्धि थालिएका छलफलको औचित्यबारे पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘छलफल किन गरि रहेका छौ भने कसैले भ्रमपूर्ण कुरा गर्यो त्यो होइन त भन्नु पर्यो, छलफल त्यसका लागि हो, के कुराका लागि होइने भने व्यक्ति केन्द्रित छलफलका लागि होइन, यति बुझि दिनु प¥यो’ उनले भने ।

एमाले केन्द्रीय कमिटीले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा फर्किन नहुने निर्णयबारे महासचिव पोखरेलले धारणा राखे ।

dirghayi clinic

व्यक्ति विशेषसित नभएर लोकतान्त्रिक मूल्य पद्धतिका आधारमा पूर्व राष्ट्रपति पार्टीमा फर्किन नहुने निर्णय गरिएको महासचिव पोखरेले बताए ।

‘मैले दुई ओटा कुरा गरे, एउटा लोकतान्त्रिक मूल्य पद्धतिको परिप्रेक्ष्यमा कुरा गरेका हौ, व्यक्ति विशेषसित सम्बन्धित भएर निर्णय गरेको होइन’ उनले भने, ‘त्यस कारणलाई व्यक्तिलाई जोडेर फलानोलाई रोकियो भन्ने होइन ।’

पूर्व राष्ट्रपति भण्डारी पार्टीको विधि पद्धतिपति जोडिएर सम्मानित स्थानमा बस्न उचित हुने पार्टी मान्यता भएकाले सदस्यता नविकरण छलफलको विषय नभएको महासचिव पोखरेलले बताए ।

‘हामीले बसाउन खोजेको पद्धतिसित जोडिदाखेरि सम्मानित स्थानमा बस्न उचित हुन्छ भन्ने पार्टीको मान्यता हो , त्यो मान्यता राखेर सदस्यता नविकरणको विषय नै छलफलका विषय बन्नु नै बन्न परेन’ उनले भने, ‘यदि पार्टीले पार्टीले सम्मानित भूमिका रहनु पर्छ भन्ने मान्यता राखेको छ । सदस्यताको विषयलाई असान्दर्भिक बनाई दिन्छ, तसर्थ यो विषयलाई जोडी राख्नु पर्ने अनिवार्य छैन् ।’

माओवादी केन्द्रले पूर्व उप राष्ट्रपतिलाई पार्टीमा ल्याएर नेता बनाएको विषय एमालेको मान्यताभित्र नपर्ने महासचिव पोखरेलको भनाई थियो ।

महासचिव पोखरेलले माओवादी केन्द्रलाई समेत पूर्व उप राष्ट्रपतिलाई पार्टी नेता विषय सच्याउनु सुझाव दिए ।

‘लोकतन्त्रको मानक स्थापना गर्ने काम एमालले गर्दछ र गर्दै आएको छ । तसर्थ अरुले के गर्दछन्, त्योसित एमालेलाई जोड्नु आवश्ष्यक छैन, माओवादीले पूर्व राष्ट्रपतिलाई पार्टी नेता बनायो, एमालेले बनाउनु पर्छ भन्ने मान्यता राख्नु हुँदैन’ उनले भने, ‘तसर्थ एमालेले जे मान्यता अघि सारेको छ, त्यो नेपालको संसदीय लोकतन्त्रको सन्दर्भमा सबभन्दा उपयुक्त मान्यता हो र माओवादीले गरेको गल्ती उसले सत्याउँदा राम्रो हुन्छ भन्ने हाम्रो सुझाव होे, त्यसैले अब यो तरीकाबाट सोच्दा हुन्छ भन्ने मलाई लाग्छ ।’

महासचिव पोखरेलले राष्ट्रपति बाहेक अन्य संवैधानिक निकायका पदाधिकारीहरु सम्बन्धि धारणा राखे । उनले संवैधानिक निकायका ६ सम्मानियमध्ये दुई जना संविधानको रक्षक भएको सबैले बुझ्नु पर्ने उल्लेख गरे ।

‘जहाँसम्म अरु पदाधिकारीको सन्दर्भको विषय छ, स्पष्ट पारेको थिए, राष्ट्रपति र उप राष्ट्रपतिको हकमा जुन प्रकारको कानुनी र संवैधानिक कानुन प्रबन्ध गरेका छौ, त्यो अरु संवैधानिक निकायका हकमा हुँदैन । त्यसको सबैभन्दा सजिलो बुझ्ने उदाहरण के हो भने अझै पनि हामी ६ जना सम्मानियमध्ये दुई जना सम्मानियलाई संविधानको संरक्षक भनेर मान्दछौ, राष्ट्रपतिलाई नेपाली सेनाको परमाधिपति मान्दछौ’ पत्रकार सम्मेलनमा उनले भने, ‘तर अरु संविधान निकायलाई प्रमुख मान्दैनौ । प्रधानमन्त्रीलाई पनि मान्दैनौ, मान्छौ त मान्दैनौ, प्रधान न्यायाधिशलाई मान्छौ कि मान्दैनौ, उनीहरु सम्मानिय हुन्, तर संविधानका संरक्षक मान्दैनौ, नेपाल सेनाको परमाधिपति मान्दैनौ ।’

संविधानमा संवैधानिक राष्ट्रपतिले गल्ती गर्र्दैन भन्ने मान्यता अनुसार निवर्तमान भई सकेपछि नेपाली सेनाले सुरक्षा जिम्मा लिने गरेको उनले बताए ।

‘अर्कोतर्फ उनीहरु निवर्तमान भई सकेपछि जिम्मेबारीबाट विदा भएपछि उनीहरुमध्ये सबैभन्दा बढी शक्तिको अभ्यास गर्ने मौका प्रधानमन्त्री नै होला, त्यसपछि सभामुखै होला, त्यसपछि प्रधानन्यायाधिश नै होला’ उनले भने, ‘राष्ट्रपतिको हकमा हाम्रो संविधानको स्पिरिट के हो भने संवैधानिक राष्ट्रपतिले कहिले गल्ती गर्दैन भन्ने स्पिरिट हो कहिले गल्ती गर्दैन भन्ने स्पिरिट अनुसार राष्ट्रपतिको सुरक्षाको जिम्मा नेपाली सेनाले लिन्छ, कार्यकारी अधिकार प्रयोग गर्ने प्रधानमन्त्री भूतपूर्व भएपछि सुरक्षाको जिम्मा नेपाल प्रहरीले लिन्छ भन्ने यति अन्तर त हामीले पनि बुझ्नु पर्दछ, यसलाई कसरी हेर्न पर्दछ भन्ने कुरा हाम्रो अभ्यास पनि हेरिनु पर्दछ ।’

महेन्द्रनगरमा विहान पत्रकार सम्मेलनपछि दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण स्थल निरीक्षण गरी महासचिव पोखरेल धनगढी गएका हुन् । धनगढीमा उनले एमाले सुदूरपश्चिम प्रदेश कमिटीको आठौं बैठकलाई सम्बोधन गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...