ghar sansar

राधापुरमा रातभरि मचानमा बसेर धपाउँछन् जंगली जनावर

khasi

महेन्द्रनगर । बेलडाँडी गाउँपालिका ५ इमिलियाका विश्राम चौधरी हरेक साँझ खाना खाएर चौधर नदी पारी राधापुर बस्ती जान्छन्, रातभरि त्यही बसेर विहान सबेरै घर फर्किन्छन् ।

चौधरीले ९ वर्षदेखि चौधर वारपार गर्ने आफ्नो दैनिकी बनाएका छन् । राधापुरको उखु खेतीलाई जंगली जनावरबाट जोगाउन पहराका लागि उनी नियमति जाने गरेका छन् ।

western public academy

‘साँझ खाना खाएर जान्छु, विहान ५÷६ बजेतिर उज्यालो भएपछि फर्कन्छु, यसो गरेको ९ वर्षजति भयो’ चौधरीले भने ।
राधा टोलको खेतमा भएका उखु जोगाउन पहरा दिनका लागि आफू दैनिक जाने गरेको उनले बताए ।

रातभरि मचानमा बसेर उखुबारी पहरा दिएर उनी विहान घर फर्किने गरेका हुन् । चौधरी सहित राधापुरमा बस्तीमा खेत हुने इमिलियाका वासिन्दाले रातभरि मचानमा बसेर जंगली जनावरबाट बालीनाली जोगाउन रातभरि मचानमा बसेर पहरा दिने गरेका छन् ।

चौधरीका अनुसार इमिलयाका ३५ परिवारले राधापुरमा खेतीपाती लगाएका छन् । उनीहरुले बालीनाली खान आउने जंगली जनावर धपाउन खेतबारीमा मचान बनाएका छन् । ती मचानमा बसेर स्थानीयले बालीनाली जोगाउने गरेका छन् ।

‘मैले गन्ना लगाएको छु, त्यसका लागि जान्छु, ९ वर्ष भयो, म मचानमा बस्छु’ चौधरीले भने, ‘हामी घर एक एक जना आउँछौ, सबैका आआफ्नै मचान छन् ।’

चौधरीका अनुसार वस्तीमा १४ मचान छन् । त्यसमा तीन पक्की छन् । चौधरीको काठको मचान छ । उनले मचानभित्र पानी पस्न नदिन बर्सादी हालिएको बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका हात्ती, गैडा, चित्तल, सुँगर, बँदेलले वस्तीमा आएर बालीनालीमा क्षति पुगाउने गरेका छन् । ‘सबै जनावर आउँछ, हात्ती पनि आउँछ, गैडा पनि आउँछ, चित्तल पनि आउँछ’ चौधरीले भने ।

चौधरीका अनुसार हात्ती आएपछि मचान बस्ने सबै एकजुट भएर धपाउने गरेका छन् । होहल्ला गर्ने र टिनको ढयाङग्रो बजाएर पनि उनीहरु जनावरहरुलाई धपाउँदै आएका छन् ।

‘हात्ती आयो भने, हामी सबै जनाले यहाँ(मचान) बस्ने मान्छेको नम्बर लिएको हुन्छ, हात्ती आयो भने थाह पाइन्छ, गन्ना तोडछ्, खान्छ, एकले अर्कोलाई फोन गर्छौ, त्यसपछि सबै जना जुटेर त्यलाई भगाउँछौं’ चौधरीले भने ।

dirhayu

बँदेल, चित्तलm गैंडा लगायतलाई जनावरलाई होहल्ला गरी धपाउने गरिएको उनले बताए ।

‘बँदेल चित्तल आए भने त्यो गन्ना तोड्छ, हाहा हुुहु गरेर धपाउँछौ, बजाउने पनि बनाएका छौ, त्यो टिनको बनाएका छौ, रसी तानेर छाडि दिने, त्यसरी नै धपाउँछौ’ उनले भने ।

चौधरीका अनुसार राधापुर बस्तीमा सबै उखु खेती लगाएका छन् । चौधर नदी किनारको यो बस्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित जोडिएको छ । निकुञ्जका जनावर आएर वस्तीमा बालीनाली खाने गरेका हुन् ।

स्थानीयका अनुसार गैडा सधैं वस्ती नजिक हुने गर्छ । उनीहरुका अनुसार गैंडाले अन्य जनावर भन्दा थोरै खाएर कम क्षति गर्छ ।

‘गैडा त सधै यतै हुन्छ, खान त खान्छ, तर कमै खान्छ, हात्तीभन्दा कमै खान्छ’ चौधरीले भने, ‘बँदेल आएर गन्ना खान्छ, सबैले गन्ना खान्छन् ।’

बर्खामा ट्युब र हिउँदमा जँघार तरी स्थानीय नदी राधापुर वस्ती आउजाउ गर्दै आएका छन् । घरमा केही समस्या भएपछि उनीहरु रातारात घर फर्किने गरेका छन् ।

‘राति गाह्रो भएपछि घरमा आउनु पर्छ घरबाट फोन यस्तो यस्तो भनेपछि तुरुन्त आउनु पर्छ’ उनले भने, ‘मेरो १० जनाको परिवार छ, समस्या भै हाल्छ, बाढी आएको बेला ट्युब हुन्छ, हजुर टयुबमा आउँछौ ।’

राधापुर वस्तीलाई ७२ ७२ बिगाहा नामले पनि चिनिन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पर्ने भन्दै वस्ती हटाएको थियो । पछि स्थानीयले दर्ता जग्गा भएको दावी गरेपछि नापजाँच गरिएको थियो । जग्गा नापजाँचका क्रममा ७२ बिगाहा निस्केपछि वस्ती ७२ बिगाहले चिनिन थालेको स्थानीय बताउँछन् ।

स्थानीयका अनुसार साविक रौतेली विचवा गाविसको राधापुर वस्ती २०१३ सालमा नापजाँच गरिएको थियो । इमिलियाका चौधरीले राधापुरमा खेतीपाती गरेको आफ्नो दुई पुस्ता पुगेको बताए ।

राधापुरमा सुकुम्बासी टोल छ । त्यहाँ ५ सुकुम्बासी परिवार छन् । वस्तीमा खेतबारी छ ।

राधापुर वस्ती आउजाउका लागि चौधर नदीमा पक्की पुल निर्माण कार्य सुरु भएको छ । चार वर्षदेखि थालिएको पुल अझैसम्म निर्माण हुन सकेको छैन ।

‘पुल निर्माण भएपछि सजिलो त भै हाल्थ्यो’ चौधरीले भने,‘तर खै किन हो यो पुल बन्न सकि रहेको छैन ।’

 

Himal dental
सम्बन्धित
Loading...