

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ सुन्दरपुरस्थित सिद्धनाथ उदयदेब अनमोल क्रसरमाथि गम्भीर आरोप लागेको छ । क्रसरमाथि नविकरण नगरी सञ्चालनमा रहेको आरोप लागेको छ ।
उद्यमी व्यवसायीले क्रसरमाथि नविकरण नगरी अवैध रुपमा सञ्चालन गरिएको आरोप लगाएका हुन् ।

शनिबार होटेल ओपेरा उद्यमी व्यवसायी गजेन्द्र बिक्रम थापाले क्रसरमाथि नविकरण नभएको आरोप लगाएका छन् । व्यवसायी थापाले अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरि रहेको आरोप लगाए ।
स्थानीय तहले बर्खा याम सुरु हुन अगावै खोलानालामा उत्खन्न बन्द हुने गर्छ । जेठदेखि बन्द भएका खोलानाला असोज १ गतेदेखि मात्रै खुल्ने गर्छन् ।
खोलाानाला बन्द हुँदा स्टक भएको नदीजन्य पदार्थ ओसोपसार गर्न पाउन सकिने प्रावधान छ । त्यसका लागि घाटगद्दी बनाइनु पर्ने र सम्बन्धित निकायबाट स्टक प्रमाणित गरिएको हुनु पर्ने कानुनी व्यवस्था छ ।
थापाले स्टक प्रमाणित नगरी ओसारपसार भएको बताएका हुन् ।
थापाले क्रसर अवैध रुपमा सञ्चालन गरिएको र महाकाली नदीबाट ओसारपसार सम्बन्धि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र भीमदत्त नगरपालिकालाई जानकारी गराएको बताए ।
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशी दुबैलाई फोन गर्दा फोन रिसिभ नभएको बताए ।
‘अहिले महाकाली नदीबाट अहिले गिट्टी, ढुङ्गा बालुवा उठि राखेको अवस्था छ, ५० देखि ६० साधनले उठाई रहेका छन्, यो कुरा कसरी भई रहेको छ, पैसा खाएर भई रहेको छ कि’ उनले भने ।
थापाले आफूले भीमदत्त नगरपालिकामा गएर महाकाली नदीको नदीजन्य पदार्थ उत्खन्न सम्बन्धिका सम्झौता पत्र हेरेर आएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरालाई अवैध ओसारपसार सम्बन्धि पत्र पठाएको थापाले बताए ।
‘यो कसरी उठेको हो, गलत छ भने कारवाही गर्न प¥यो, सही छ भने त्यो कसरी भयो, मैले यही भनेको छु’ ओपेरामा पत्रकारहरुसित थापाले भने ।
महाकाली नदी किनारमा उत्खन्न गरिएका ल्याइएका सामाग्री राख्न नपाईने भए पनि त्यहाँ हजारौ मेट्रिक टन थुपारिएर राखिएको उनको भनाई छ ।
‘यो तपाईहरुले हेरि दिनु होला’ पत्रकारहरुलाई आग्रह गर्दै थापाले भने,‘यो कुनै निकायबाट स्टक प्रमाणित गरिएको छैन, यो अनमोल क्रसरले उठाई रहेको छ ।’
थापाले एशियाली विकास बैंक ऋण अनुदान निर्माणको सडक निर्माणमा प्रयोग भएको टाइल समेत गुणस्तरहिन भएको बताए ।
एडिबीका कन्सल्टेन्ट गिरिश चन्दलाई यसबारे आफूले कुरा गरेको थापाले बताए ।
कञ्चनपुर उद्योग बाणिज्य संघका कार्य समिति सदस्य तेज बहादुर चन्द, नारद पाण्डेय र खिमानन्द अवस्थीले साझेदारीमा क्रसर सञ्चालन गरेका हुन् ।
